×

बारा ३१ जेठ राष्ट्रिय जनता पार्टीका महामन्त्री जीतेनद्र सोनल संविधान संशोधन तत्काल सम्भव नभए संविधान संशोधन मजबुत आधार तैयार भएमा चुनावमा सहभागी हुने बताउनु भएको छ । बाराको प्रशौनी गाउपालिकाको त्रिबेणिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बताए छन । नेता सोनल सरकारले तत्काल निर्वाचन स्थगित गरि,स्वकृत बाताबरण बनाउनु पर्ने बताउनु भएको छ।सरकारले मुठभेटबाट देशलाई जोगाउनको लागि चुनाव स्थगित गर्नु पर्ने बताउनु भयो । नेता सोनलले जनसंख्याको आधारमा गाउँपालिका,निर्वाचन श्रेत्र लगायत शहिद घोषणा ,मुद्दा फिर्ता लगायत माग सम्बोधन गरे गर उपयुक्त बाताबरण बनाउन बताएका छन । एमाले,काङ्ग्रेस ,माओवादी लगायत पार्टीबाट पार्टी परित्याग गरि दर्जनौं संख्यामा राजपामा प्रवेश गरेको छन ।भलुही भरवालिया गाउँका प्रभावशाली काङ्ग्रेसनेता रमेश गिरी,भरत महतो,लगायत एमालेबाट बिगन दास,रामसुदर ठाकुर ,रामचन्द्र कुसहावा,लगायत माओवादीबाट रुपनरायण यादव श्रीराम तिवारी,नागेन्द्र महतो ,महन्थ बैठा धोबी,लगायत गरि ६० जना राजपामा प्रवेश भएको छन नव प्रबेशिलाइ महामन्त्री जीतेन्द्र सोनलले टीका माला लगाइ स्वागत गरेका थिए ।कार्यक्रममा जिल्ला अध्यक्ष नवलकिशोर सिंह के,स,सिताराम साह मुस्तकिम अन्सारी ,शम्भु पडित, भोला साह,लोहा यादव चन्द्रीका यादव,शंकर यादव ,अमीरी साह,मन्तव्य राखे का थिए भन्ने कार्यक्रम संचालन मदन साह गरेको र अध्यक्षता प्रमोद साहले गरेको थिए ।

Back to top