×

वीरगन्ज ३१ जेठ संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् ।

मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीको अध्यक्षतामा आज परासीमा बसेको मोर्चाको बैठकमा समाजबादी फोरम, लोकतान्त्रिक फोरम र नँया शक्तिले समर्थन जनाएका हुन् ।

यी तीन दलहरुलाई राजपाको आन्दोलनमा समर्थन नजनाउन केन्द्रिय निर्देशन रहेपनि मधेसका मांग सम्बोधन गराउन मधेसबादी दलहरु जिल्लमा एकताबद्ध रहेकाले जिल्ला स्थित नेताहरुले नवलपरासीको आन्दोलनलाई समर्थन गरेका हुन् ।

यस अघिपनि ति दलका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले संंयुक्त लोकतान्त्रिक मधेसी थरुहट मधेसी मोर्चा सँगै आन्दोनलमा होमिएका थिए । आजको बैठकवाट मोर्चाका नेताहरुले राजपा नेपाल , संघिय समाजबादी फोरम , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति पार्टी नेपालको जिल्लामा मोर्चा बनाएर नै आन्दोलन गर्ने औपचारीक निर्णय गरेका छन् ।

राजपा र अन्य तीन दलका जिल्ला स्थित केन्द्रिय सदस्य , जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको उपस्थितमा आज परासीमा गरेको बैठकमा परासी क्षेत्रका पाँचवटै स्थानीय तहमा आन्दोलन चर्काउनका लागि १ सय १ सदस्सीय आन्दोलन समिति गठन गरीएको राजपाका प्रवक्ता राधेरमण पाण्डेले जानकारी दिनुभयो ।

सरकारले राजपालाई बहिष्कार गरी असार २ गते मनोयन दर्ता गराउन पर्यत्न गरे राजपाको गठित समितिले मनोयन बिथोल्नका लागि आन्दोलन गर्नेछ । जस अन्तर्गत रामग्राम नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शुबास गिरीको संयोक्जत्वमा समिति गठन गरीएको छ ।

यस्तै पाल्हीनन्दनको संयोजकमा मुकर्जि गिरी, सरावल गाँउपालिकामा राधेश्याम चौधरी, प्रतापपुर गाँउपालिकामा रामपृत यादव र सुस्ता गाँउपालिकामा प्रेमचन्द्र गुप्ताको संयोक्जत्वमा आन्दोलन समिति गठन गरीएको छ ।

समितिहरुमा जिल्ला स्तरका नेता र सम्बन्धित स्थानीय तहका अगुवा कार्यकर्ताहरु रहेका छन् । यस्तै बैठकले मधेसबादी दलको मांग सम्बोधन नभएसम्म ति स्थानीय तहहरुमा असार २ गते उमेदवारहरुलाइ मनोयन दर्ता नगराउन र चुनावको प्रचार प्रसार रोक्नलाई मोर्चाले आग्रह समेत गरेको छ भने बन्द हडतालमा मोटरसाईकल चलाउन छुट दिईएपनि अब मोटरसाईकल चलाउदा कालो झण्डा बाधेर चलाउनु पर्ने मोर्चाले सर्वसाधरणलाई जानकारी गराएको छ ।

राजपाले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि सदरमुकाम परासी सहित दक्षिणि क्षेत्रको जनजिवन प्रभावित बनेको छ । आजपनि मधेसबादी दलका नेता तथा समर्थकहरुले बिभिन्न ठाँउहरुमा टायर बालेर नारबाजी गर्दै प्रदर्शन गरेका छन् ।

 

Back to top