बन्दका बेला भाडा असुलेर यात्रु ओसारको भन्दै मोटरसाईकलमा आगो लगाउदै 

2691

Share
  •  
  •  
  •  

वीरगन्ज ३१ जेठ बन्दहडतालका बेला भाडा असुलेर यात्रु ओसारको भन्दै आज बिहान वीरगन्जमा आन्दोलनकारीहरुले एक जना मोटरसाइकल चालकलाइ निर्घात रुपले कुटपिट गरेका छन् । प्रति व्याक्ति पाँच सय रुपैया भाडा लिएर वीरगन्जबाट सिमरामा मोटरसाइकलमा यात्रु ओसारेको भन्दै आन्दोलनकारीहरुले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाइ निर्घात रुपमा कुटपिट गरेका छन् । त्यस क्रममा आन्दोलनकारीहरुले यात्रु ओसार्नमा प्रयोग गरिएको हिरोहोण्डा मोटरसाइकलमा आगो लगाउने प्रयास गर्दा राजपाका नेताहरुले रोकेपछि ती व्याक्ति मोटरसाइकल लिएर भागेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here