बगबना गाविस ३५ औं खुल्ला दिशामुक्त

181




चिरञ्जीवी यादव वीरगन्ज ३१ जेठ पर्सागढी गाउँ पालिका वाड १ बगबना बजारमा आज पर्सा जिल्लाको बगबना गाविस लाई ३५ औं खुल्ला दिशामुक्त तथा पुर्ण सरसफाइ कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्सा समाजिक विकास अधिकृत धर्मराज थापाले साबुन पानीले हातधोएर कार्यक्रमको उदघाटन गरिनु भएको छ । सथै खुल्ला दिशा मुक्त वाडाको घोषणा पत्र वाडा सचीव लक्ष्मी गिरी लाई प्रदान गरिनु भएको हो । गाउँ स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बागबना को आयोजनामा भएको कार्यक्रम को बक्ताहरुले घोषणा भएको खुसी ब्यक्त गर्दै घोषणा गरेर हुदै सरसफाइ ,सौचालय जडान तथा सरसफाइ को अन्य काम लाई निरंतरता दिनु पर्ने आवश्यक रहेको , र सरसफाइ को अभियान मा सरोकारवाला सबै लागिनु पर्ने , सौचालय जडान , नियमित प्रयोग , तथा अन्य सरसफाइको पाट पूरा गरे शरीरको विभिन्न रोग बाट बाच्न सकिने सुझाव कार्यक्रम को बक्ताहरु प्रतिबद्धता ब्यक्त गरेको थियो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेस्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक कृष्ण उप्रेती बगबना गाविस निबर्तमान अध्यक्ष बृजमोहन चौधरी , समाजिक अगुवा कमल चौधरी , कृष्ण तिवारी , राजकुमार खवास,बाल कृष्ण श्रेष्ठ अरुणोदय युवा कल्ब को अध्यक्ष तथा श्री नेपाल रास्ट्रीय प्राथमिक बिदालय कन्चनपुर बैरिया का प्र अ श्रीराम गिरी युएनहैविटाटका सरोज प्रसाद वाडा नागरिक मंच शैक्षिक संस्था राजनैतिक दल ,समुदाय विकास कार्यक्रमका शोभा महतो स्वास्थ स्वास्थ चौकी महिला स्वयम सेवीका,अभिभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियोे । ओडिएफ घोषणा मा सहयोग गरिने विभिन्न संघ संस्थाका प्रतिनिधि लाई दोसल्ला तथा समान पत्र बाट समान गरिएको कार्यक्रमको उदघोसक गिरीराज कडेलले बताए। कार्यक्रम वाडा सचीव लक्ष्मी गिरी सभापतित्वमा कार्यक्रम समपन्न भएको अरुणोदय युवा कल्बको माहासचीव र श्री देवनन्दन देवराज उच्च मा बि रामनगरी का शिक्षक सुरज पडितले बताएका छन ।

Comments

comments