दाेस्रो दिन पनि वीरगन्ज र परवानिपुरमा बिहानै देखि टायर बालेर प्रदर्शन

1000




वीरगन्ज ३१ जेठ राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालकाे अाज दोस्रो दिन पनि वीरगन्ज र परवानिपुरमा बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन ।

बाराकाे परवानिपुर आसपासका उधोग कलकरखाना यातायात लगायतहरू ठप पारेका छन । आमहड्तालका कारण मध्य–पूर्वका आठ जिल्ला ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेको छ ।
यी जिल्लाका मुख्य बजार सञ्चालनमा आउन सकेका छैनन् भने यातायातका साधनसमेत चल्न सकेका छैनन् । बन्द सफल बनाउन राजपाका स्थानीय नेता, कार्यकर्ता चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन् । बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन नसेकेपछि यात्रुहरु अलपत्र परेका छन् । बन्दको असर शैक्षिक संस्थाहरुमा समेत परेको छ ।

Comments

comments