×

वीरगंज ३० जेठ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका प्रबन्ध निर्देशक एवं समाजसेवी बसरूद्दिन अन्सारी एमालेमा प्रवेश गर्नु भएको छ ।

एमाले जिल्ला समन्वय कमिटीले आज वीरगंजको होटल भिस्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।

अन्सारी माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका गर्नु भएको छ । नेकपा एमाले पर्साका संयोजक प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश नं। २ का इन्चार्ज मण्डलले अन्सारीलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने बताउनु हुदै पार्टीका नेता कार्यकर्ताहरुलाई आउदो असार १४ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा एमालेलाई बिजयी बनाउनु पर्नेमा जोड दिनु भएको थियो । एमालेले आफ्नो कामले जनता बीच लोकप्रियता पाएको जनाउनु हुदै देशमा एमाले प्रति लहर पैदा भएको तर्क प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अन्सारी सँगै राजपा, कांग्रेस तथा अन्य पार्टीका सयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरी, पर्सा क्षेत्र नं। ३ का सांसद राजकुमार गुप्ता, क्षेत्र नं। ५ का सांसद् जयप्रकाश थारु, त्यसैगरी नेताहरु पुरुषोत्तम पौडेल, जुनैद अंसारी, रामचन्द्र साह, डा। विश्वम्भर शर्मा, चिरञ्जीवी आचार्य, अच्युत मैनाली, नवराज शर्मा, मनोज चौधरी लगायतले आ–आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो ।पार्टी श्रोतका अनुसार मेडिकल कलेजका एमडी अन्सारी एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा लड्ने सर्तमा पार्टी प्रवेश गरेको जनाइएको छ ।

Back to top