×

वीरगञ्ज ३० जेठ आन्दोलनको घोषणासँगै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न सोमबार देखि सडकमा उत्रिएका छन् । पर्सामा मंगलबार राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले चुनावसँग सम्बन्धित दुईवटा कार्यक्रममा अवरोध र्पुयाएका छन् ।

वीरगञ्जको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा आयोजना गरिएको मतदान अधिकृतहरुको दुई दिने प्रशिक्षण कार्यक्रम विथोल्न पुगेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरी बीच झडप समेत भएको छ । वीरगञ्जको श्रीपुरमा रहेको नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा सोमबार देखि आयोजना गरिको मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा मंगलबार राष्ट्रिय जनता पार्टीका नेता कार्यताहरुले अवरोध र्पुयाएका हुन् ।

उनीहरुले कार्यक्रम स्थल अगाडि मंगलबार दिउसो टायर बालेर निर्वाचन विरोधी नाराबाजी पनि गरेका थिए । उनिहरुले प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाइ कार्यक्रम स्थलमा प्रवेश गर्न नदिइ उनिहरुको जीउमा हिलो छयापिदिएका संग ३ जना वीरगञ्ज भन्सारका कर्मचारीलाई कुटपिट समेत गरेको पर्सा प्रहरीले जनाएको छ ।

कार्यक्रम स्थल अगाडि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेपनि कडा सुरक्षा दिएर विद्यालय परिसर भित्र कार्यक्रम भने सञ्चालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । मतदान अधिकृतहरुलाई प्रशिक्षण कार्यक्रममा अवरोध र्पुयाएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।मधेसलाई अधिकारबाट वञ्चित गरेर गर्न लागिएको चुनाव कुनैपनी हालतमा सफल हुन नदिने पार्टीको निर्णय अनुसार प्रदर्शन गरिएको राष्ट्रिय जनता पार्टीका युवा नेता रन्जन मिश्राले बताए ।

Back to top