×

 

वीरगंज ३० जेठ नेकपा एमालेबाट मेयरका उम्मेदवार बसरुदिन अंसारीले आज वीरगंज महानगरपालिकाको वडा नं. ७ का स्थानियबासीहरुसंग चुनावी छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेशनल मेडिकल कलेजका एमडि समेत रहनु भएका अंसारीले आफु मेयरमा विजयी भए पछि पहिलो काम आपतकालीन सेवा सुधार गर्नुका साथै नगरको मुहार नै फेर्ने दाबी गर्नु भयो । त्यसैगरी फोहोर र सडक व्यवस्थापन, महानगरलाई स्मार्ट सिटी बनाउनु, गुणस्तरीय स्वास्थ्य र शिक्षाका केन्द्र बनाउनु रहेका चर्चा गर्दै नेता अंसारीले साहय र गरिबलाई खाने–बस्ने व्यवस्थाको साथै बेरोगारी समस्या अन्त्यका लागि रोजगारीको सिर्जना गर्नुपर्ने मा जोड दिनु भयो । आफुलाई नगरबासीले विश्वास गरेर जिताएमा महानगरको चौतर्फी विकास गर्ने दाबी गर्नु भयो ।

स्थानिय अमिर मियाँको सभापतित्व भएको कार्यक्रममा महिला सचेतना केन्द्र वीरगंजका अध्यक्ष आमना खातुन, नेकपा एमालेका महिला नेतृ बिना देवी शर्मा, पप्पु सिंह, दिलिप साह, स्थानिय युवा, महिला, बुद्धिजीवी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

Back to top