फोरम नेपाल द्वारा पत्रकार तिवारी माथि भएको दुर्व्यवहारको भर्त्सना (बिज्ञप्ति सहित)

752

वीरगंज, २८ जेठ – संघिय समाजवादी फोरम नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी माथि भएको घटनाको भर्त्सना गरेको छ । आज एक प्रेस बिज्ञप्ति जारि गर्दै फोरम नेपाल पर्साले गत जेठ २२ गते पत्रकार अनुप तिवारी माथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै दोषीलाइ नेपाल पत्रकार महासंघसँग सल्लाह गरी सामाजिक कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष प्रदिप यादव द्वारा जारि गरिएको उक्त प्रेस बिज्ञप्तिमा घटनालाइ निन्दनीय भन्दै फोरम नेपाल पर्साले नेपाल पत्रकार महासंघलाइ आफ्नो जारि आन्दोलन स्थगित गरि वार्ताको मार्फत सामाधान खोज्न आग्रह गरेको छ । साथै नेपाल पत्रकार महासंघलाइ आपसमा रहिआएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन तथा जार विवाद समाधानका लागि वार्ता र मेलमिलाप तथा सहकार्यको वातावरण निर्माण गर्न समेत फोरम नेपाल पर्साले आग्रह गरेको छ ।

प्रेस चौतारी पर्साक अध्यक्ष समेत रहेका पत्रकार अनुप तिवारी माथि गत जेठ २२ गते एक समूहले साझा ८ बजे छपकैया स्थित एक होटलमा खाजा खादै गरेको बेला मोविल फयाकेको थियो । उक्त घट्न पछि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले घट्नको भर्त्सना गर्दै दोषीलाइ कार्यवाहीको गर्न नेपाल प्रहरीलाई २४ घण्टाको अल्टिमेटम दिएका थिए ।