अशोककुमार वैध र केडिया सदस्यमा निर्विरोध निर्वाचित

754

वीरगन्ज २८ जेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घको दुई नम्बर प्रदेशको शनिवार बसेको प्रथम सभाबाट वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध उपाध्यक्षमा तथा निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया कार्यकारिणी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासङ्घको अध्यक्षमा शिवशंकर साह अध्यक्षमा सर्वसहमतिले चयन भएका हुन् । साह जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । अर्को उपाध्यक्षमा लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार अग्रवाल तथा कोषाध्यक्षमा जलेश्वर उद्योग वाणिज्य सङ्घका कृपाशंकर साह चयन भएका छन् ।
अन्य सदस्यहरुमा रामनगर मिर्चैया उद्योग वाणिज्य सङ्घका हरिशंकर साह, गौशाला उद्योग वाणिज्य सङ्घका राजाराम गिरी, मलंगवा उद्योग वाणिज्य सङ्घका हरिशंकरप्रसाद साह, बारा उद्योग वाणिज्य सङ्घका विनोदकुमार बरै, सिरहा उद्योग वाणिज्य सङ्घका सञ्जयकुमार महासेठ र धनुषाको सांग्रिला डिष्टिलरीका मोहनप्रसाद गुप्ता चयन भएका छन् ।