×

वीरगन्ज २७ जेठ नेपाली कांग्रेसले बिराटनगर महानगरपालिकाको मेयर पदमा सांसद अमृत अर्याललाई उम्मदेवार बनाउने पक्का भएको छ । त्यसैगरी वीरगगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद अजय द्विवेदीलाई उठाउनेबारे कांग्रेस मुख्यालयमा पक्क भएको छ ।

बिराटनगर र वीरगञ्ज दोस्रो चरणमा निर्वाचन हुने लागेका दुईवटा महानगरपालिका हुन् । यी दुई महानगरमा कसले विजय हात पार्ने भन्नेमा प्रमुख दलवीच प्रतिस्पर्धा छ । दुबै महानगरपालिकामा कांग्रेस, एमाले र माओवादीमात्रै होइन, मधेसवादी दलहरु पनि मेयरका दाबेदारका रुपमा रहेका छन् ।

यसैवीच नेपाली कांग्रेसले बिराटनगरको मेयरमा ठूला र चर्चित नेतालाई टिकट दिएर जित सुनिश्चित गर्ने रणनीति बनाएको कांग्रेस स्रोतले यात्रा डेलीलाई बतायो ।

यसअघि बिराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसले केन्द्रीय सदस्य डिला संग्रौला, जिल्ला सचिव नागेश कोइराला र नगर सभापति भीम पराजुलीमध्ये एकलाई उठाउने चर्चा गरेको थियो । त्यसैगरी फूलकुमार लालवानी र विश्वनाथ रिजालको पनि मेयरका रुपमा चर्चा हुँदै आएको थियो । तर, अब यो चर्चामा सांसद अमृत अर्यालको पनि नाम थपिएको छ ।

बहालवाला सांसद अर्याललाई बिराटनगरको मेयरमा उठाउने प्रस्तावबारे पार्टीमा छलफल सुरु भएको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले स्वीकार गरे । कांग्रेस सभापति लिम्बुले भने- ‘अहिलेसम्म डीलाजी, नागेशजी, भीमजी, फूलकुमारजी लगायतको चर्चा थियो, अब अमृत अर्यालजीको पनि चर्चा सुरु भएको छ, तर यसबारे निर्णय चाहिँ भएको छैन ।’

बिराटनगर महानगरपालिका बनेकाले प्रभावशाली नेतालाई उठाउनुपर्ने कांग्रेसभित्र छलफल सुरु भएको स्रोतले बतायो । मोरङको क्षेत्र नं ५ प्रत्यक्ष निर्वाचित सांसद रहेका अर्याल महानगरको मेयरमा उम्मेद्वार बन्ने टुंगो लागेमा उनले सांसद पदबाट राजीनामा दिनेछन् ।

त्यसो त बिराटनगर महानगरपालिका बनिसकेको अवस्थामा एमालेले पनि ‘हेबी वेट’ उम्मेदवार खोज्न थालेको स्रोत बताउँछ । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डितको नाम बिराटनगर महानगरपालिकाको मेयरमा चर्चा आउने गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा अजय द्विवेदी पक्का

बिराटनगर महानगरपालिकामा बहालवाला सांसदलाई टिकट दिन लागेको कांग्रेसले वीरगञ्ज महानगरपालिकामा भने पूर्वसांसद अजय द्विवेदीलाई मेयरको टिकट दिने पक्का भएको कांग्रेस स्रोतले यात्रा डेलीलाई बतायो ।

Back to top