युवा वचन द्वारा सरसफाई कार्यक्रम सम्पन्न

342




वीरगंज, २७ जेठ – विरगंजका युवाहरु द्वारा संचालित संस्था युवा वचनले आज वीरगंजमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, कन्चंजंगा स्कुल, जीवन ज्योति स्कुलको संयुक्त सहकार्यमा आज वीरगंज वडा न ९मा भारत वाणिज्य दुतको कार्यालय देखि मानव सेवा आश्रम सम्म सरसफाई गरिएको छ ।

संस्थाका अध्यक्ष पियुष कुमार कादमियाको नेतृत्वमा निस्केको टोलिले आज वीरगंजमा बढ्दै गरेको गरेको प्रदुषणलाइ मध्येनजर गर्दै उक्त कार्यारमको आयोजना गरेको अध्यक्ष कादमियाले बताए ।

युवा वचन युवाहरु द्वारा संचालित एक नयाँ र निष्पक्ष संस्था हो, यस संस्थाले वीरगंजमा परिवर्तनका निमित्त धेरै कार्यहरु गर्ने योजना राखेको छ ।

Comments

comments