क्रान्तिकारीद्वारा आयोजित कार्यक्रममा दुई महिला सहित ५२ जनाद्वारा रक्तदान

302

वीरगन्ज, २७ जेठ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रन्तिकारी) पर्सा द्वारा बीरगंजको घण्टाघरमा आकश्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा दुईजना महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रभाकर गुप्ता, चन्दा साह, शिवम् साह, मित्रदेव यादव, मुकेश पाल ,संदीप गुप्ता, बलिराम गुप्ता, सत्रुधन अशोक सिंग यादव, सूरज गुप्ता, संदीप पटेल, अमित चौरसिया, अजय साह, मनिष अग्रवाल, ओमप्रकाश गुप्ता, नबीन लामा, विक्रम थापा मगर, सागर कुमार मेहेता, लगायत ले रक्तदान गरेका थिए । अखिल (क्रन्तिकारी) पर्साका संयोजक मित्रदेव यादवको अध्यक्षतामा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) का पोलिटब्यूरो सदस्य बिजय महतोले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि मुस्लिम मुक्ति मोर्चाका बिदेश बिभाग प्रमुख एवं वीरगन्ज महानगरपालिकाका मेयर पदका संभावित उम्मेदवार रहबर अंसारी तथा बिशेष अतिथि अखिल (क्रन्तिकारी) केंद्रीय सचिवालय सदस्य प्रभाकर गुप्ता लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । रक्तदान गर्ने सबै रक्तदाताहरुलाइ प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिहरु बाट बधाई ज्ञापन तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा रक्तसंचार प्रमुख प्रविण मानन्धर ब्लड डोनर्स एशोसिएसन पर्साका अरबिन्द सिंह लगायतको उपस्तिथि रहेको थियो । गर्मीको समयमा बिरामीको चाप बढी हुने र रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेकोले रक्तदान कार्यक्रमको आयोजन गरिएको आयोजक संस्थाले जनाएको छ ।