×

वीरगन्ज २६ जेठ नेपाल पत्रकार महासंघ वीरगन्ज शाखा पत्रकार अनुप तिवारी माथि दुव्र्यवहार गर्नेहरुलाई कडा कारबाहीको माग गर्दै शुक्रबार वीरगन्जमा पत्रकारहरुले विरोध ¥याली निकालेका छन् । प्रहरीमा किटानी जाहेरी दिएको भएपनि प्रहरी प्रशासनले कारबाहीका नगरेको भन्दै महासंघ वीरगन्ज शाखाको आव्हानमा विरोध ¥याली निकालिएको हो । घण्टाघरबाट निकालिएको विरोध ¥याली आदर्शनगर, दुई नम्बर रोड हुँदै पुन घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले दोषीलाई पक्राउ गरी कारबाही नगरे अझै कडा आन्दोलन गर्ने बताउनुभयो । स्वतन्त्र रुपमा कलम चलाउन पाउने अधिकारबाट वञ्चित गर्ने जोसुकै विरुद्ध पत्रकारहरु संगठित भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ¥यालीमा नेपाल पत्रकार महासंघ पर्सा शाखा पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, पूर्व उपाध्यक्ष ध्रुव साह, शाखा सचिव युवराज खड्का लगायत पदाधिकारी, पूर्व पदाधिकारी, शाखा सदस्य, पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

Back to top