१ सय ५० इ.रिक्सा वीरगन्ज ट्राफिक प्रहरीले नियन्त्रणमा

1687

वीरगंज, २५ जेठ जिल्ला ट्राफिक कार्यालयम पर्साले सवारी चालक अनुमति बेगर वीरगंजमा जथाभावि संचालन गरिएको झण्डै डेढ सय इ.रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा सवारी चालक अनुमति पत्र बिना नै इ.रिक्सा संचालन गरेको भेटिए पछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी निरिक्षक रबिन्द् भट्टले जानकारि दिनु भयो ।
अनुमति बिनै संचालनमा रहेका इ.रिक्साकै कारण शहरको सवारी आवागमनमा अवरोध पुगेको भन्दै चेकजाँचलाइ तिब्रता दिइएको प्र.नि. भट्टले जानकारि दिनु भयो । नियन्त्रणमा लिइएका इ.रिक्सालाइ जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।
नियमित अनुगमन नहुँदा वीरगंजमा जथाभावि रुपमा झण्डै १२ सय भन्दा बढि इ. रिक्सा संचालनमा छन् ।