नेशनल मेडिकल कलेजका एम.डि.बसरुद्दीनले छुटाए इरिक्सा

4778

वीरगन्ज २५ जेठ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंजमा अनधिकृत रुपमा संचालिन इरिक्सालाई लक्षित गरि कारवाही अभियान अन्तरगत पक्राउ परेका इरिक्सा सहमती मा छारिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी निरिक्षक रविन्द« भटट,नेशनल मेडिकल कलेजका एम.डि. बसरुद्दीन अन्सारी र इरिक्सा संचालन समिती सुयब मियां तेली बिच बंदागत सम्झौता पश्चात न्युनतम ५ सय को दरले जरिवाना लि छारिएको छ । ट्राफिक प्रहरीले चेकजांचका क्रममा सवारी अनुमती पत्र विना नै संचालमा रहेका १ सय ५० वटा इरिक्साहरुलाई नियन्त्रणमा लिएको हो । जथाभावी संचालनमा रहेका इरिक्सा कै कारण नगरको ट्राफिक व्यवस्था अस्त व्यस्त रहेकाले दुर्घटनाको जोखीम न्युनिकरणका लागी भन्दै चेकजाचमा कडाई गरेको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरिक्षक रविन्द्र भट्टले बताउनुभयो । जथाभावी रुपमा जोसुकैले पनि इरिक्सा चलाउने गरेका प्रवृत्ति बढदै गएको कारण दुर्घटनाको जोखिम बढेकाले सवारी चालक अनुमति पत्र नभएका चालकहरुलाई जेष्ठ २९ गते देखी अषाढ को १ गते सम्म नयां अनुमती पत्र खुलेको र अनुमतीपत्र नहुने इरिक्साका चालकहरुले अनिवार्य रुपमा फर्म भर्नु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी निरिक्षक रविन्द« भटट,नेशनल मेडिकल कलेज का एम.डि. बसरुद्दीन अन्सारी र इरिक्सा संचालन समिती सुयब मियां तेली बिच बंदागत सहमती भएको छ । ट्राफिक प्रहरीले आगामी असार १ गते सम्म इरिक्सा चालकहरुलाई कुनै हस्तक्षेप नगर्ने तर सवारी चालक अनुमति पत्र भने सो अवधिमा लिनुपर्ने सर्त गराई छाडिएको प्रहरी निरिक्षक भट्टले बताउनुभयो । यसैगरि संचालक समितीहरुले रुट निर्धारण गरि ट्राफिक नियमको पालना गरि संचालन गर्न निर्दशन दिइएको उहाले बताउनुभयो । जिल्लामा इरिक्साको प्रचलन सुरु हुंदा अनुमती पत्र नभए पनि चलाउन पाउने भएकै कारण अधिकांश रिक्सा चालकहरु यस तर्फ आकर्षित भएका थिए तर हाल अनुमती पत्र अनिवार्य गरेपछि चालकहरु समस्यामा परेको चालकहरु बताउंछन् । यातायात विभागबाट सञ्चालन अनुमती पाउने इरिक्सा चलाउन अहिले तिन पांग्रे सवारी चालक अनुमती पत्र अनिवार्य गरेको छ । तर १३ सय इरिक्सा रहेको वीरगंज क्षेत्रमा करिव ५० प्रतिशतसंग मात्रै सवारी चालक अनुमती पत्र रहेको छ ।

Comments

comments