×

वीरगंज २३ जेठ नेपाल पत्रकार महासंघ पर्सा शाखाको उपाध्याक्ष अनुप तिवारीलाई हिजो राती सुनियोजित रुपमा आक्रमण गर्ने मनसायले गरिएको दूब्र्यबहारप्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका पर्सा सचिव युवराज खडकाले आज एक प्रेस बिज्ञप्ती जारी गरी दोश्रो चरणको निर्वाचनको तयारी भईरहेको बेलामा संचारकर्मीलाई यस प्रकारले आक्रमण गर्नु र ज्यानै मार्ने उद्देश्यले मोबिल खन्याउनृुका साथै सलाई कोरेर जलाइदिन खोज्ने आपराधीक क्रियाकलापको जति निन्दा र भत्सर्ना गरे पनि कमै भएको बिज्ञप्ती मार्फत जनाएका छन । उनले घटनाको दोषीलाई अबिलम्ब पक्राउ गरी अनुसन्धानको आधारमा कानूनी कारवाही नगरिएमा आउँदा दिन राजनीति भित्र अपराध प्रबेश गर्ने र निष्ठाको राजनीतिमा समेत प्रश्न चिन्ह खडा हुने कुरालाई नकार्न नसकिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । अबिलम्ब प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी पुरा गर्न माग गर्दै संचारकर्मीहरुलाई निर्भयताको साथ पत्रकारीता गर्ने वातावरणको निर्माण गर्न समेत बिज्ञप्ती मार्फत जोडदार माग गर्नुभएको । अझ सम्बन्धित पक्षले अबिलम्ब आपराधीक प्रकृत्तिका कार्यकर्तालाई कानूनी कारवाहीको लागि सहयोगी भुमिका निर्वाह नगरेमा त्यस्ता दलहरुलाई आसन्न निर्बाचनमा मतदाताहरुको बीचमा गएर जनप्रतिनिधी बन्ने आकांक्षा राख्न समेत मनासिब नठहर्ने हुनाले लोकतान्त्रिक मूल्य र मान्यतालाई पालना गरी अघि बढ्न समेत बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ । यसैगरी सो घटनाको बिरोधमा मधेस मिडिया मिसन पर्साका कार्यवाहक अध्यक्ष प्रमोद यादव, मेचीमाहाकाली मिडिया सोसाइटीका अध्यक्ष जितेन्द्र साह र तराई मिडिया एशोसिएसन नेपालका सचिव दिपेन्द्र सिंहले समेत बिज्ञप्ती निकाली घटनाको घोर भत्र्सना गर्नुभएको छ ।

Back to top