नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले

328

वीरगन्ज २३ जेष्ठ नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितिले खारेज गरेको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिको सोमबार काठमाण्डौमा सम्पन्न पुर्ण बैठकले केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरेको निलम्बन आजको मितिबाट खारेज गरेको हो । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा सम्पन्न पुर्ण बैठकले कुशवाहा माथि लागेको आरोप निराधार रहेको भन्दै सफाई समेत दिएको छ । कुशवाहाले नेपाल पत्रकार महासंघको निर्वाचनमा युनियनको उम्मेदवारलाई अन्तरघात गरेको आरोप लागेपछि मधेश विभाग प्रमुखबाट निलम्बन गरिएको थियो । तर छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा केन्द्रिय सदस्य विजय कुशवाहा कतैपनि दोषी नदेखिएको र उनीमाथि लागेको सम्पुर्ण आरोप निराधार भेटिएकोले प्रेस युनियन केन्द्रिय समितिले निलम्बन खारेज गरि कुशवाहालाई सफाई दिइएको युनियनका केन्द्रिय सचिव खिला कार्कीले बताए ।

Comments

comments