को बन्ला जितपुर–सिमराको मेयर ?

755




सिमरा,२३ जेष्ठ, आषाढ १४ गते हुने स्थानीय तहको निर्वाचनको बारामा सरगर्मी बढेको छ । जिल्लामा १५ बटा तहको निर्धारण गरिएको छ । त्यसमध्ये जितपुर सिमरा उपमहानगरपालिका बारा जिल्लाको भबिष्य बोकेको उपमहानगरपालिकाको रुपमा स्थापित छ । यस उपमहानगरपालिकाको प्रमुखका लागि अबसर र चुनौति दुबै छन । यस उपमहानगरपालिकाको जनसंख्या १ लाख १४ हजार रहेको छ भने करीब ५५ हजार मतदाता रहेका छन । यहाँ मेयरका लागि प्रमुख पार्टीहरुका बीचमा तिब्र प्रतिस्पर्धा रहेको छ । यस नगरको मेयरको उम्मेदबार को बन्ला भनेर चौततर्फी चासो छ । प्रमुख राजनैतिक पार्टीहरुले नगर तथा जिल्ला समितीबाट धमाधम उम्मेदबारको नाम सिफारीस गरीरहेका छन ।
नेकपा एमाले ः
यस जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको तर्फबाट नगर समितीले ११ जनाको नाम सिफारिस गरेकोमा जिल्लाको बैठकबाट त्यसलाई सर्टलिष्ट गरेर जिल्ला सदस्यहरुको मत नमुनाअनुसार क्रमशः जिल्ला उपाध्यक्ष देबनारायण चौधरी पहिलो, जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेल दोस्रो, प्रदेश कमिटी सदस्य भरत खडका तेश्रो, कृष्ण पौडेल चौथो नम्बरमा र महिला कोटामा जिल्ला सदस्य बिध्या थापाको नाम सिफारिस गरेको छ । जितपुर सिमरा उपमहानगरपालिकामा एमाले प्रचार विभाग प्रमुख मनोज पौडेलको सम्भाव्यता अग्रस्थानमा रहेको पार्टीका नेता कार्यकर्ताहरु बताउँछन् । सिफारिसमा परेका अन्यको तुलनामा जनसम्पर्क र विकासका कार्यमा अधिक सहभागिताका कारण पौडेलको सम्भावना बढी देखिएको उनीहरुको विश्लेषण छ ।
नेपाली कांग्रेसः
नेपाली कांग्रेसको तर्फबाट पुर्व सभाषद शोभाकर पराजुलीको नाम चर्चा अग्रस्थानमा छ । त्यसैगरी ओम कार्की, श्याम बाबु गुप्ता, नारायणी रायमाझी र कृष्णब्रत सिहंको नाम पनि चर्चामा छ । कांग्रेसका तर्फबाट पराजुली प्रवल दाबेदार रहेको बताइन्छ ।
माआवादी केन्द्र ः
माओवादी केन्द्रको तर्फबाट राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ र धनबहादुर श्रेष्ठको नाम चर्चामा रहेको छ । उपमहानगरपालिकामा यीमध्ये कसले टिकट पाएर को मेयर बन्ला भनेर चोकचौतारा र चिया पसलमा चर्चा हुने गरेको छ । उपमहानगरका बासिन्दाले विकासप्रेमी र जनताको भिजेको उम्मेदवारलाई नगरको नेतृत्व दिनुपर्नेमा सबैको मतैक्यता रहेको पाइन्छ ।

Comments

comments