×

वीरगंज, २१ जेठ राष्ट्रिय जनता पार्टीका केन्द्रीय महामन्त्री जितेन्द्र सोनलले आफुहरुको लडाइ पहाडि समुदाय संग नभइ मधेश बिरोधि पहाडि सोचको विरुद्द भएको स्पष्ट पाररका छन । बाराको प्रसौनि गाउपालिका वडा नम्बर २ बिश्रामपुर मुसहर्वामा शनिबार साँझ आयोजित पार्टी प्रबेस कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्नु पर्ने, संविधान संशोधन गर्नु पर्ने जस्ता मधेशी जनताको माग पूरा नभए सम्म आफुहरु जनताको घर घर र सडकमै रहेर आन्दोलन जारी राख्ने बताए । सरकारले आफुहरुको मागलाई बेवास्ता गरि जबर्जस्ति चुनाब गर्न खोजे जस्तो सुकै प्रतिकार गर्न पनि तयार रहन कार्यकर्तालाइ निर्देशन समेत दिए ।

कार्यक्रममा पार्टीका महासचिब राजेशमान सिंहले आफुलाइ मधेसको मसिहा हुँभन्नेहरुले नै मधेश र मधेशी जनतालाई अधिकार बाट बन्चित गराउँदै आएको जिकिर गरे । संघिय समाजबादी फोरम अध्यक्ष उपेन्द्र यादब प्रति संकेत गर्दै उनले भने "जब जब मधेशमा आन्दोलनले उचाइ छुन खोज्छ तेतिबेला मधेसकै गद्दार नेता प्रलोभनमा परेर आन्दोलन भाड्ने काम गर्छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौँ जना राष्ट्रिय जनता पार्टीमा प्रबेश गरेका थिए । नव प्रबेशिहरुलाइ पार्टीका महामन्त्री सोनल, महासचिब सिंहले अबिर लगाएर सश्वागत गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य मुस्तकिम मिया अन्सारी जिल्ला नेताहरू शम्भु पंडित, नवलकिशोर सिंह, सन्तोष पटेल, प्रेमबाबु पटेल, बिन्दा यादब, अमरदेव कुशवाहा, अरुण कुमार दुबे, जवाहिर बैठा, विजय त्रिपाठी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । बिश्रामपुर मुसहर्वाका स्थानिय राजेश्वर गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेष मैनुद्दिनले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

Back to top