×

वीरगञ्ज २१ जेठ पर्सागढी नगर पालिका वडा नम्बर १ वागवानाका ऋषी राम भट्टले आफ्नी २० वर्षिय छोरीलाई ज्वाई सासु ,ससुरा र देवर जेठानी मिलेर हत्या गरेको आरोप लगाऊनु भएको छ ।

२०७२ भदौ ७ गते प्रेम विवाह गरेकी ऋषी राम भट्टकीे २० वर्षिय कान्छी छोरी देवमाया पंडित यही जेष्ठ १८ गते विहान ५ बजे आफ्नै गरीको माथिल्लो तलामा रहेको कोठामा मृत अवस्थामा फेला परेकी थिईन ।

९ महिने काखे बालिका रहेकी देवमायाको शवलाई उनका लोग्ने लगायत घरका मानिसले कोठामा सुताएर राखेको र सल झुन्डिएको अवस्थामा स्थानीय व्यक्तिहरुले खबर गरेपछि पुगेको प्रहरीले फेला पारेको थियो ।

मृतक देवमायाको निधारको दाहिने भागमा घारिलो हतियारको प्रयोग भएको जस्तो देखिने घाऊ चोट रहेको , मुखमा चोट रहेको , ओठ अलिकति काटिएको अवस्था एंव दाहिने हातको कुहिनाको अगाडि पट्टि घाऊ रहेको प्रहरी चौकी मिलनचोकका प्रहरी सहायक निरिक्षक चिरन्जीवी राऊतले जानकारी दिनु भयो ।

झुन्डिएर आत्महत्या गरेको भनिएको स्थानको उचाई कम रहेको एंव प्रहरी आईपुग्दा लाश भुईमा सुताएर राखेको अवस्थामा रहेको हुनाले शंकास्पद भएकाले मृतक देवमायाका श्रीमान सन्तोष पंडितलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी चौकी मिलनचोकका प्रहरी सहायक निरिक्षक राऊतले बताउनु भयो ।

बेल्वा गाऊपालिका वडा नम्बर ६ सोलकपुर सूर्या नेपाल प्रालिको गोदाम घर नजिकै घर रहेका मृतकका श्रीमान सन्तोष पंडितले कुटपिट गरेकाले माईत गई बसेकी मृतक देवमाया बितेको शनिबार मात्र घर आएकी र उनको विहीबार कुटपिट गरी हत्या गरेर झुन्डाएर आत्महत्या सावित गर्न खोजेको आरोप माईतीपक्षको रहेको छ ।

मृतक देवमायाका श्रीमान सन्तोष पंडितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अनुसन्धान भई रहेको पर्साका प्रहरी उपरिक्षक गोबिन्द साहले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा कर्तव्य गरी हत्या गरेको जस्तो देखिएकाले मृतकका श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको उहाँले बताउनु भयो ।

Back to top