×

बिरगंज २१ जेष्ठ राष्ट्रीय जनता पार्टी नेपालको केन्द्रिय नीति अनुसार प्रत्येक वडामा आन्दोलन परिचालन कमिटी गठन प्रक्रिया युद्ध गतिमा अगाडि बढी रहेको छ।आज बिरगंज महानगरपालिका वडा न.१ छपकैयामा जितेन्द्र पटेलको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ,कमिटीको सह-संयोजकहरुमा दुखी महतो, पिन्टु कुमार साह,बैजनाथ साह,रामकुमार साह कानु,सचिवमा राजिव कर्ण,कोषाध्यक्षमा बाके बिहारी साह,सदस्यहरुमा राधिका देवि,सैरुल खातुन, लगायत रहेका छन्।

त्यसै गरि वडा न.११ श्रीपुरमा नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न भेलाले भेला बिनोद महतोको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ।कमिटीको सह-संयोजकहरुमा सुनिल कुसवहा,अजिम शेष हवारी,सचिवहरुमा बिकास साह, राजकिसोर जैसवाल,कोषाध्यक्षहरुमा जगनलाल महतो ,नागेन्द्र महतो ,सदस्यहरुमा अब्दुल सकुर अन्सारी,रुपनारायन महतो लगायत रहेका छन्,

त्यसैगरी वडा न.१६ नगवामा नगर बरिस्ठ उपाध्यक्ष भरत सरार्फको सभापतित्वमा भएको भेलाले श्यामबाबु चौरसियाको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ,कमिटीको सह-संयोजकमा मगदीश राउत अहिर,सचिवमा प्रभु साह,सह-सचीवमा चन्द्रीका साह,कोषाध्यक्षमा पपु सिह,सह-कोषाध्यक्ष भोला साह,अनवर अन्सारी लगायत रहेका छन्।

भेलाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजपाका केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मिले"अब मधेसी जनताले बुलेटको जवाफ निर्वाचन बहिस्कार गरेर दिनु पर्ने बताए,मधेसी जनताको हक,अधिकार ,स्वभिमान जोगाउनलाई पनि घर घरमा निर्वाचन बहिष्कार अभियान संचालन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।यो निर्वाचन मधेस बिरोधि संविधान लागू गर्न प्रमुख दलको षड्यन्त्र रहेको कुर्मिले जिकिर गरे।भेलालाई सम्बोधन गर्दै नगर अध्यक्ष ओमप्रकाश सरार्फले यथा स्थितिमा निर्वाचन भए मधेस अधिकार र बिकासबाट संस्थागत रुपमा बन्चित हुने र मधेसीवादु र अवसरवादिको यो जंगमा मधेसवादीको बिजय सुनिश्चित गर्न निर्वाचन बहिस्कार अनिवार्य सर्त रहेको अध्यक्ष सरार्फले दावी गरे।भेलाहरुमा नगर उपाध्यक्षहरु हृदय नारायण सरार्फ,सुरेश साह कानु,कोषाध्यक्ष पन्नालाल पटेल लगायतका उपस्थिति रहेको थियो।

अन्य वडाहरुमा पनि तिब्र गतिमा दिनरात आन्दोलन समिति बनाउने कार्य भइ रहेको र जेष्ठ २४ गते सम्म महानगरका २७ वटै वडाहरुमा आन्दोलन परिचालन कमिटी गठन कार्य पुरा गर्ने लक्ष्य रहेको नगर अध्यक्ष सरार्फले बताएका छन्।

Back to top