निशुल्क स्वास्थ्य शिविर सम्पन्न

478

वीरगंज, २१ जेठ  श्री जय अम्बे माइ बचत तथा ऋण सहकारि सस्था र आसाराम हस्पिटलको संयुक्त आयोजनामा पर्साको चोर्नी ८ सेमरामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । श्रीमती मान मिश्रा निमाबिमा आयोजित शिबिरमा स्थानिय ७ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको डा.एम डि राजाले जानकारि दिए ।


आयोजना गरेको शिविरमा सहभागिहरुको आँखा, हाड जोर्नि तथा स्वास्थ्य संबन्धि अन्य चेकजाँच गरिएको उनले बताए । शिबिरमा बालरोग बिशेसज्ञ डा. अशोक दास, जेनरल फिजिसियन डा.हरिशमकर यादब, डा. एम डि राजा, डा. अभिषेक, डा.सुप्रिया लगायतले सहभागिहरुको स्वास्थ्य चेकजाँज गरेका थिए ।
स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो । साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि राजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । अस्पतालले समय समयमा ग्रामिण क्षेत्रमा यस्ता स्वास्थ्य शिबिरको आयोजना गर्दै आएको पनि उनले बताए ।
शिबिरमा सहकारि संस्थाका अध्यक्ष सावित्री गुरुङ, अासाराम अस्पतालका चेयरमेन निभा दास, सन्जु कर्ण लगायतको सहभागिता रहेको थियो ।