जीवन ज्योती माध्यमिक बिद्यालयले आयोजना गरेक दिक्षान्त समारोह सम्पन्न

290

वीरगंज २१ जेष्ठ जीवन ज्योती माध्यमिक बिद्यालयले आयोजना गरेको दिक्षान्त समारोह आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बुमेन सकिल सेन्टर बीरगंजकी अध्यक्ष चन्चला दासले समारोहका उदघाटन गर्दै बिद्यार्थीहरुको पढाइको साथ साथै अतिरिक्त क्रियाकपालले उनीहरुको नेतृत्व तथा क्षेमता अभिबृद्धि हुने बताउनु भयो ।

बिद्यालयकी निर्देशक मिनाक्षी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा भिकेयर संस्थाकी अध्यक्ष बेला अग्रवाल, सदस्य नितु कावरा, अनुजा अग्रवाल, नुतन सरावगी लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

साना बिद्यार्थीहरुले उपर केजी तह पार गरेपछि कक्षा १ मा अर्को तहको शुभारम्भ भएको र उनीहरुलाई जिम्मेवारी बोध गराउनका लागि आयोजना गरिएको दिक्षान्त समारोहमा बिद्यार्थीहरुले गीत, नृत्य, तेकाण्डो लगायतका बिभिन्न कालाहरु प्रस्तुत गरेका थिए । दिक्षान्त समारोहमा दिक्षित भएका बिद्यार्थीहरुलाई प्रमुख अतिथी दास र निर्देशक गुप्ताले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

Comments

comments