×

बारा , २१ जेठ बाराको परवानीपुर गाँउपालिकामा आगामी चुनावका लागि काँग्रेसका तर्फबाट उम्मेदवार छनौटका लागि गरिएको निर्णय प्रति स्थानीय काँग्रेस नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । काँग्रसका गाँउपालिका स्तरीय समितिका संयोजक , अध्यक्ष र उपाध्यक्षले अन्य पदाधिकारी र सदस्यहरुलाइ जानकारी नै नदिइ गोप्य रुपमा उम्मेदवार छनौटका लागि निर्णय गरेको भन्दै असन्तुष्ट पदाधिकारी र सदस्यहरुले अवैधानिक रुपमा गरिएको निर्णय खारेज गर्न माग गरेका छन् । उनिहरुले सबै पदाधिकारी र सदस्यहरुको सहभागीतामा बैठक गरेर विधिसंगत ढंगबाट उम्मेदवार छनौटका बारेमा निर्णय गर्न माग गर्दै यस बारेमा काँग्रेस जिल्ला कार्य समिति र केन्द्रिय कार्य समितिमा लिखित रुपमै ध्यानाकर्षण पनि गराएका छन् । असन्तु्ष्टहरुको बैठकमा काँग्रेस जिल्ला कार्य समिति सदस्यहरु लोके सिंह , दिनेश साह , महाधिवेशन प्रतिनिधी जगदीश साह कानु , काँग्रेसका स्थानीय नेताहरु सिकन्दर साह , धुरेन्द्र दास , कदार साह , सुमन कुमारी , विजय गुप्ता , , लालबाबु साह , मुख्तार देवान , रामनाथ महत्तो गरि १७ जनाको सहभागीता रहेको थियो ।

Back to top