×

वीरगन्ज २० जेठ केही स्वतन्त्र युवाहरुले गठन गरेको तराई मधेश राष्ट्रिय परिषद्ले आज मैतीघर मण्डलामा स्थानीय तह चुनावको विरोधमा कार्यक्रम गरेको छ ।सविधान संशोधन नभएसम्म चुनाव वहिष्कार गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका मधेशी बुद्धिजिवी, पत्रकार, प्रध्यापक, नागरिक अगुवा, विद्यार्थी, अधिवक्ताहरुको उपस्थिति थियो ।कार्यक्रममा सहभागिहरुले संकल्प लिए कि सविधान संशोधन नभएसम्म यो संघर्षलाई जारी राख्ने । कार्यक्रममा जनकपुरमा स्वतन्त्र रुपमा आन्दोलन गरी रहेका मासलका नेता सरोज मिश्राले अब राज्यको दमन र विभेद सहन नसक्ने अवस्थामा पुगि सकेको बताउँदै मधेशी जनता आफनो अधिकार लिनका लागि हतियार उठाउनु परे पछि नहट्ने चेतावनी दिए । उनले भने, राज्यको दमन सहने पनि एउटा सिमा हुन्छ, सिमा पार गरे मधेशी युवा हतियार उठाउन तयार छन् ।कार्यक्रममा सिके लाल, विजयकान्त कर्ण, तुलानारायण साह, उज्जवल प्रसाइँ, सरोज मिश्रा, कासिन्द्र यादव, सरोज रायलगायतले आआफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा उहाँहरुले पनि यथास्थितिमा चुनावको कुनै औचित्य छैन, यसको विरुद्धमा आन्दोलन सशक्त बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

Back to top