मनोबल उच्च बनाएर अघि बढ्न राजपा उपाध्यक्ष कुर्मिको निर्देशन

474

वीरगंज, २० जेठ राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मिले मनोबल उच्च बनाएर अगाडि बढ्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । मधेस र मधेशी जनताले आफ्नो अधिकार प्राप्त नगरे सम्म संघर्ष जारी रहने भन्दै त्यसका लागि सबैले आ-आफ्नो ठाउँबाट मनोबल उच्च बनाएर शंघर्षमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वीरगंजको वडा नम्बर २४ परवानिपुरमा भएको पार्टी प्रबेश तथा निर्वाचन प्रतिकार समिति गठन कार्यक्रमलाइ संबोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष कुर्मिले संविधान संशोधन, मधेस आन्दोलनका सहिद, घाइतेको उपचार तथा आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइ लगायतका माग पूरा नभएको भन्दै आफुहरुको माग पूरा नभए सम्म सहिद निर्वाचनको कुनै अौचित्य नरहेको बताउनु भयो ।
कार्यक्रममा पार्टीका महासचिब राजेशमान सिंहले तराई मधेसमा बर्षौँ देखि बसोबास गरेका, तराइ मधेसलाइनै कर्मभुमि बनाएका सबै मधेशी रहेको भन्दै छालाको आधारमा विभेद गर्ने परिपार्टी आफ्नो पार्टीको नरहेको प्रष्ट पार्नु भयो । उहाँले भन्नू भयो “पहाडि समुदायका जात थर भएकाहरु जो बर्षौं देखि यहिं बसेका छन्, जसले तराइ मधेसमा नै आफ्नो सम्पूर्ण योगदान खर्च गरेका छन् उनिहरू सबै मधेशी हुन्” कसैले दुष्प्रचार गर्दै हिँडे त्यस्तो अन्योलमा नपर्न सबैलाइ आग्रह पनि गर्नु भयो ।
कार्यक्रममा विभिन्न पार्ट परित्याग गरि विकाश पटेल, संजय मंडल, महेश्वर महतो, विशेस्वर प्रसाद कुशबाहा लगायत संयौं जना राजपामा प्रबेस गरेका थिए । नव-प्रबेसिहरुलाइ पार्टीका केन्द्रीय नेताहरूले अबिरमाला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका अर्का महासचिब कदम रसुल, पर्सा जिल्लाका अध्यक्ष मण्डलका अध्यक्ष प्रेमबाबु पटेल, जिल्ला नेताहरु वकिल मियाँ, रामाकान्त महतो, प्रमोद कुमार पटेल, नुरेन मियाँ, हरीहर साह, शिक्षक नेता हरिहर तिवारी, बिध्यार्थी नेता मधुसुदन चौरसिया लगायतको उपस्थिति थियो ।
शिवकुमार पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण उमेशलाल सहनिले गर्नु भएको थियो ।

Comments

comments