×

बारा २० जेठ एक वर्ष अघिदेखि फरार एक अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबासिबिच बाराको सिम्रौनगढमा झडप भएको छ । झडपका क्रममा प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ । कर्तब्य ज्यान र डाका मुद्धामा लामो समयदेखि फरार रहेका सिम्रौनगढ नगरपालिका १ का हरेन्द्र मुखियालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथी स्थानीयबासीले ढुंगामुढा गरेपछि बाध्य भएर हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रहरी र स्थानीयबासीविच झडप भएपनि प्रहरीले फरार अभियुक्तलाई पक्राउ भने गरेको छ । २०७३ साल भदौ १५ गते डाँका तथा ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्या चलाएका मुखिया त्यतिबेला देखिनै फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखि कारवाही प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता डिएसपी रेग्मीले बताए ।

Back to top