मानव सेवा आश्रम वीरगंज शाखालाई दुई थान व्हील चेयर प्रदान

328

वीरगन्ज १९ जेठ कोशिस फाउण्डेशन वीरगंजले आज मानव सेवा आश्रम वीरगंज शाखालाई दुई थान व्हील चेयर प्रदान गरेको छ । आश्रमको प्राङ्गनमा संस्थाका संरक्षक डा। दिपक शाक्यको बिशेष उपस्थितीमा कोशिस फाउण्डेशनका संयोजक मदन गुप्ताले सो व्हील चेयर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा संयोजक गुप्ताले पाँच थान पंखा प्रदान गर्ने घोषणा गर्नु भयो । साथै गुप्ताले शाखाको लागि आवश्यक पर्ने कुनै प्रकारको चिकित्सय सेवा उपलब्ध गरनउने समते बताउनु भयो । सो अवसरमा समाजिक अभियन्ता प्रकास थारु, आश्रमका सहयोगी लगायत पत्रकारहरुको उपस्थिती थियो ।