बमको संखाले ४ घण्टा वीरगन्जको मेनरोडमा आतंक मच्चियो

2359




वीरगन्ज  १९ जेठ बीरगञ्ज महानगर पालिका वडा नं. १२ मुरली चोक स्थित पलास्टीकको ड्रम भित्र बम राखिएको आशंकाले ४ घण्टा सो क्षेत्र आतंक मच्चिएको छ ।

वीरगञ्जको मुर्ली चोकस्थित नेपाली कांग्रेसका क्षेत्रिय सभापति अरविन्द गुप्ताको घर छेउमा अपरिचीत व्यक्तिले पानी भर्ने ड्रम छोडेर हिँडेपछि सर्वसाधारणले ड्रम भित्र बम राखेको आशंका गरेका थिए ।

ड्रम राखेको धेरैवेर सम्म पनि कोही लिन नआएपछि ड्रम भित्र बम राखिएको हुनसक्ने भन्दै त्यस क्षेत्रमा आतंक मचेका थियो । उक्त ड्रम अपरिचति व्यक्तिले दिउँसो १२ बजे राखेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति अरविन्द गुप्ताले बताएका छन् । बम भएको आशंकामा सर्वसाधारणहरुमा भागाभाग समेत भएका थियो ।

गुप्ताले घटनाबारे प्रहरीलाई खवर गरेपछि आएको प्रहरीले त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक्नुका साथै बम डिष्पोजल टोलीलाई खवर गरेको थियो ।

डिष्पोजल टोलीलाई प्रहरीले खबर दिए पछि वीरगन्जमा रहेको नेपाली सेनाको बरखगणबाट आएको सेनाको डिष्पोजल टोलीले ड्रम माथि विस्फोटक पदार्थ राखेर डिस्पोज गर्दा ड्रम भित्र स्टिलको भाडाकुरा र रातो खुसानी भेटिएको पर्सा प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

Comments

comments