फिलिपिन्सको क्यासिनोमा गोलीबारीः ३६ को मृत्यु, आरोपीद्वारा आत्महत्या एजेन्सी

186




जेठ मनिलाको एक क्यासिनोमा एक अज्ञात हमलाकर्ताको गोलीबारीले ३६ जनाको मृत्यु भएको छ । गोलीबारीपछि आरोपीले आत्महत्या गरेका छन् । हमलामा ५४ जना घाइते भएका छन् । गोलीबारी भन्दा पहिले हमलाकर्ताले टेबलमा लाइट पनि सेट गरे ता कि उनले मानिसहरुलाई देख्न सकून् । अधिकारीले यसलाई लुटपाटको क्रममा भएको दुर्घटना बताइरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोड्रिगो दुतेर्तेका प्रवक्ता अर्नेस्टो एबेलाले भने, ‘घटनामा इस्लामिक आतंककारी र फैजीबिचको लडाईंको कुनै प्रमाण भेटिएन ।’

‘जसले घटना घटित गराए, उनी मानसिक रुपमा विक्षिप्त थिए । गोली चलाउने व्यक्तिले सबैभन्दा पहिले चेतावनी स्वरुप गोली चलाए,’ उनले भने ।

के भन्छ पुलिस ?

मनिलाका पुलिस चिफ ओस्कर अल्बायल्डे भन्छन्, ‘जो मारिए उनीहरु क्यासिनोको मेन एरियामा थिए ।’

‘मलाई लाग्छ कि धेरै जनाको मृत्यु हुनुको पछाडि कोठामा धेरै मानिसहरु थिए र त्यहाँ धुँवा पनि आइरहेको थियो ।’

नेशनल पुलिस चीफ रोनाल्ड डेला रोसा भन्छन्, ‘आरोपीले होटलको कोठामा आफूलाई नै गोली हाने । उनको शरिर बेडमा ब्ल्याङ्केटले छोपिएको अवस्थामा थियो । यद्यपी, घटनाप्रति त्यति चिन्ता गर्नु स्थिती छैन । यसलाई आतंकवादसँग जोड्न सकिन्नँ ।

Comments

comments