×

बीरगंज १९ जेष्ठ बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अंचल प्रहरी कार्यालय नारायाणीका प्रहरी बरिष्ठ उपरीक्षक सुर्य प्रसाद उपाध्यायले पानसमा बत्तीबालि कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको हो । बिद्यालयमा अध्यन्नरत कक्षा एक देखी १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ४५ जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गोबिन्द कुमार साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र भ¤, सर्ब राष्ट्रिय दैनिकका प्रकाशक महेशचन्द्र गौतम, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रणय कुमार, इन्जिनियर मनिस सिंह, नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेण्ट डा.चितरंजन साह, शिक्षा पत्रकार अन्नतलाल दास, डा.अगेन्द्र यादवले उक्त बिद्यार्थीहरुलाई स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकि¨ सोसाईटीको ब्याच बितरण गर्नु भएको थियो । त्यसैगरी सोही बिद्यालयमा अध्यन्नरत १८ जना बिद्यालयहरुलाई स्कलर सिप प्रदान गरिएको स्कुलका प्रमुख मिनाक्षी गुप्ताले बताउनु भयो । ब्याच बितरण गर्दै प्रहरी बरिष्ठ उपरीक्षक उपाध्यायले शिक्षक, अभिभावक, बिद्यालय र बिद्यार्थी यी चारवटा महत्वपुर्ण कुराहरु शिक्षामा जोडिएको बताउनु भयो । वहाँले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्नाधार रहेको बताउनु भयो । बिद्यार्थीहरुको भबिष्य स्वयम बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिख्नु पर्ने बताउनु भयो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा बिद्यालयका शिक्षिका इमाकुलेट क्षेत्रीले स्वागत भाषण गर्नु भएको थियो भने शिक्षक उजवल शर्मा र शिक्षिका बिनु गुरु»ले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा ८ सय ५० जना बिद्यार्थीहरु अध्ययनरत रहेको छन ।

Back to top