×

बलिउड स्टारका सन्तानको ग्ल्यामरस लुक र फेसनको चर्चा चल्न थालेको छ ।

आफ्नो १७ औं जन्मदिन मनाउने क्रममा शाहरुख खान पुत्री सुहाना कस्तो ड्रेसअप गरे भन्ने बिषयले पनि चर्चा पायो । आमा गौरी खानले सुहानाको फोटो सोशल मीडियामा शेयर गरेकी थिइन्, जो बलिउडमा ‘टक अफ द टाउन’ बन्यो । उक्त तस्विरमा सुहानाको लुक्स, मेकअप, हेयरस्टाइल सबै परफेक्ट देखिन्थ्यो ।

त्यसो त सुहाना मात्रा होइन, बलिउड उद्योगमा त्यस्ता थुप्रै स्टार किड्स छन्, जो स्टाइल र फेसनका लागि चर्चामा रहन्छन् ।

आलिया इब्राहिम

पूजा बेदीकी छोरी आलियाको कुल फेसन फन्डा निकै भिन्न छ । उनी आफ्नो शार्प र बोल्ड लुकको कारण चर्चामा रहन्छिन् । उनको तस्विर शोसल मीडियामा भाइरल हुने गरेको छ ।

अलाविया जाफरी

यस्तै एक स्टार किड हुन्, आलविया जाफरी । चर्चित कमिक एक्टर जावेद जाफरीकी छोरी भिन्न(भिन्नै गेटअपमा देखा परिरहन्छिन् । उनी आफ्नो लुक्समा काफी एक्सपेरिमेन्ट गर्छिन् । उनी वेस्र्टन क्याजुअलदेखि ट्रेडिशनल इन्डियन वेयरसम्ममा आफुलाई प्रस्तुत गर्छिन् । उनी धेरैजसो कपाल खुला छाड्छिन् र न्यूड मेकअपमा देखिन्छिन् ।

इदा अली

फिल्ममेकर इम्तयाद अलीकी छोरी इदा १७ बर्षमा सबैको प्रिय बनिन् । उनी शोसल साइटमा आफ्नो फोटोका लागि सधै गसिपको कारण बन्ने गरेकी छिन् । इदाले आफ्नो हरपलको फोटो शेयर गर्ने गरेकी छिन् ।

शनाया कपूर

बलिउड अभिनेता संजय कपुरकी छोरी शानया कपुर स्टाइल र फेसनमा कतिलाई माथ दिन सक्छिन् । अक्सर शोसल मीडियामा उनको स्टाइलिस र बोल्ड लुक देखिन्छ । खबर अनुसार उनी काका अनिल कपुर र बुवा संजय कपुर जस्तै फिल्मी क्षेत्रमा आउन चाहन्छिन् ।

दिशानी चक्रबर्ती

न्युयोर्क फिल्म एकेडेमीमा अभिनयको कोर्स गरेर मुम्बई फर्किएकी दिशानी चक्रबर्ती फिल्म अभिनेता मिथुन चक्रबर्तीकी छोरी हुन् । डिस्को डान्स स्टाइलमा आफ्नो इशारामा नाच्ने मिथुनकी छोरी अब आफ्नो कला पस्किने सुरसारमा छिन् । उनले शोसल मीडियामा तहल्का मच्याइसकेकी छिन्, अब फिल्ममा तहल्का मच्याउन आउँदैछिन् ।

कृष्णा श्राफ

जैकी श्राफकी छोरी शोसल मीडियामा आफ्नो फोटोका कारण सधै चर्चामा रहन्छिन् । उनी बोल्ड एवं स्विटी फोटो पोस्ट गर्न खुब जाँगर चलाउँछिन् । शोसल मीडियामा उनी चर्चित पर्सनालिटी हुन्

Back to top