×

राष्ट्रिय जनता पार्टी (राजपा) ले सबै किसिमका आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले अहिलेलाई पूर्व घोषित सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको राजपाका राजपाका महासचिव मनिष सुमनले बताए ।

जेठ १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको उनले जानकारी दिए । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो । राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ ।

Back to top