×

वीरगन्ज १८ जेठ राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो। ‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन्। अब एमालेले पनि प्रतिबद्धता जनाए संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुन सकिन्छ,’ आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध राजपा नेपालका एक शीर्ष नेताले भने। यद्यपि राजपाले निर्वाचनअघि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने, दल दर्ता, चुनाव चिह्न, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग भने यथावत् नै रहने जनाएको छ। एमालेले भने राजपाबाट संविधान संशोधनमा त्यस्तो लिखित प्रतिबद्धताको प्रस्ताव नआएको जनाएको छ। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। एमाले नेता सुवास नेम्वाङले राजपासहित अन्य दलका बीचमा छलफल हुँदा निर्वाचनपछि संशोधनमा छलफल गर्न सकिने बताउँदै आएको जनाएका छन्।

Back to top