×

वीरगंज, जेठ दोस्रो चरणको निर्वाचन सन्दर्भमा आज नेपाली काङ्ग्रेस, पर्साले ग्रामीण क्षेत्रमा निकालेको मोटरसाइकल ¥यालीमा राजपा, नेपाल पर्साका कार्यकर्ताहरूले केही स्थानमा अवरोध गरेको र झौवामा दुई पक्षबीच भिडन्तसमेत भएको समाचार छ ।

मोटरसाइकल ¥यालीको क्रममा बिहान ८ बजे झौवा पुगेको ¥यालीलाई राजपाका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । चुनाव बहिष्कार गरेका राजपाले झन्डासहित गाउँमा मोटरसाइकल ¥याली निकालेकोमा आपत्ति गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा ¥याली सहभागी एउटा मोटरसाइकल क्ष्Fतिग्रस्त भएको स्रोतले जनाएको छ । स्थानीय प्रहरीले सामान्य विवाद भएको र पछि ¥याली आप्mनो गन्तव्यतर्पm लागेको जनाएको छ ।

यसैगरी बहुदरामाई गाउँपालिकामा पनि ¥याली निकालिएकोमा भौराटार मन्दिर अगाडि स्थानीयले अवरोध गरेका थिए । नेकाले निकालेको मोटरसाइकल ¥याली पर्साको नगरदाहा, पोखरिया, विश्रामपुर हुँदै जाने क्रममा भौराटार चोकमा स्थानीयले अवरोध गरेका हुन् । संविधान संशोधनबिना मधेसको माग पूरा नहुने र यो अवस्थामा मधेसमा कुनै निर्वाचनको गतिविधि हुन नदिने भन्दै अवरोधकर्ताले काङ्ग्रेसको मोटरसाइकलमा झुन्डयाइएको झन्डा निकाल्न खोजेका थिए ।

नेका, पर्साले केही स्थानमा मधेसवादी दलका कार्यकर्ताले अवरोध गर्न खोजे पनि सफल नभएको बताएको छ ।

नेकाले विन्दवासिनी, बहुदरामाई र पर्सागढी गाउँपालिकामा मोटरसाइकल ¥याली सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

Back to top