×

वीरगंज, १८ जेठ राष्ट्रिय जनता पार्टी पर्साले आफ्ना कार्यकर्ता माथि अनाहकमा पर्सा प्रहरीले मुद्दा चलाएको भन्दै तत्काल मुद्दा फिर्ता लिन माग गरेको छ । जिल्लाको झौवागुठिमा बुधवार निर्वाचन प्रचार प्रसारमा गएको नेपाली कांग्रेसका कार्यकर्ता र राजपाका कार्यकर्ता विच भएको सामान्य विवादलाइ लिएर प्रहरीले आफ्ना कार्यकर्ता माथि मात्र मुद्दा चलाएको भन्दै तत्काल मुद्दा फिर्ता लिन माग गरेको हो ।

प्रहरीले निर्वाचन प्रचार प्रसारमा हिडेको कंग्रेस कार्यकर्ताको मोटरसाइकल तोडफोड गरेको भन्दै राजपाका कार्यकर्ता झौवागुठिका मकबुल गदि, रामजित दास र अनुप साह विरुद्द सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ । मुद्दा लगाएर प्रहरिले धरपकड गर्ने र फसाउने षड्यन्त्र गरे आफुहरु शसक्त प्रतिकारमा उत्रन बाध्य हुने राष्ट्रिय जनता पार्टीका केन्द्रीय महासचिव राजेशमान सिंहले बताए ।

संविधान संशोधन, आन्दोलनका बेला मधेसीमाथि लगाएको मुद्दा फिर्ता हुनुपर्ने, दलगत चुनाब चिन्ह उपलब्ध गराउनु पर्ने भन्दै राजपाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ । आफ्नो पार्टीले उठाएको माग पूरा नभए सम्म आन्दोलन जारी रहने भन्दै त्यसका लागि गाउगाउँमा निर्वाचन प्रतिरोध कमिटि गठन गरिने महासचिब सिंहले बताए ।

सोही अनुरुप बुधबार आफ्ना कार्यकर्ताले झौवागुठिमा निर्वाचन प्रचार प्रसारमा हिडेका कांग्रेस कार्यकर्ता बिरुद्द प्रतिकारमा उत्रिएका थिए । झौवागुठिमा आज पार्टीका कार्यकर्तालाइ प्रशिक्षण दिंदै महासचिब सिंहले शसक्त आन्दोलनमा उत्रन तयार रहन पनि आग्रह गरे । कार्यक्रममा नेजामुद्दिन समानि, जनार्दन यादब, बिपिन यादब, पपुरुषोत्तम झा, प्रेमबाबु पटेल लगायतले सम्बोधन गर्दै शसक्त प्रतिकारमा उत्रन कार्यकर्तालाइ आग्रह गरे ।

Back to top