संसद बैठक जेठ २१ गते आइतबार ११ बजेसम्मका लागि स्थगित

15




वीरगंज, जेठ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार संसद बैठक अवरुद्ध गरेपछि अब जेठ २१ गते आइतबार ११ बजे बस्ने भएको छ।

सभामुख ओनसरी घर्ती मगरले वैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरु आ-आफ्नो ठाउँमा उभिएर अवरुद्ध गरेपछि माअाेवादी केन्द्र सांसद रामनारायण बिडारीले नियमापत्ति जनाउँदै बोल्न माग गरेका थिए।
विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरिन्।
आजको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।
भरतपुरमा घटनाको विरोध र पुनः मतगणनाको माग गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको थियो।

Comments

comments