शहिद सप्ताह मनाउने मोर्चाको निर्णय

23




वीरगन्ज १५ भदौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको  वीरगन्जमा बसेको बैठकले शहिद सप्ताह मनाउने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा  बुधबार वीरगन्जमा बसेको बैठकले तेस्रो मधेस आन्दोलनको क्रम्मा पर्साको सदरमुकाम वीरगन्जको विभिन्न स्थानमा राज्यद्वारा हत्या गरिएका विर शिहदहरुको सम्मानमा सप्ताह व्यपारी कार्यक्रम  गर्ने निर्णय गरेको हो ।

मधेसी जनताको अधिकार प्राप्तीको आन्दोलनमा अभुतपुर्व विर्ताको प्रर्दश गर्दा गर्दै  प्रहरीले प्रहार गरेको गोली लागि सहदत प्राप्त गरेका दीलिप चौरसिया, धर्मराज सिंह राजपुत, दिनानाथ साह गोढ, भोला साह कानु, सोहन साह कलवार, सत्रुधन पटेल,चन्दन पटेल ,आसिश राम लगायतको वलिदानीको उच्च कदर गर्दै मोर्चाले उनको सम्मानमा शहिद सप्ताह मनाउने निर्णय गरेको अध्यक्ष यादवले प्रकासित गर्नु भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोर्चाले गरेको  निर्णय अनुसार भदौं १५ गते  सांझ ६ः३० बजे वीरगन्जको घण्टाघर चोकमा दिप प्रज्वलीत गर्ने, भदौं १६ गते विहान ७ बजे वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा  उपचाररत भर्ना रहेका विरामीलाई फलफुल वितरण गरी स्वास्थ्य लाभको  कामना गर्ने, भदौं १७ गते  पर्साको  अलौंमा स्थित समाधी स्तलमा विहान ७ बजे वृक्षा रोपन गरी शहिद प्रती सम्मान प्रकट गर्ने, भदौं १८ गते वीरगन्जको कुमु प्यालेसमा दिउसो ११ बजे वृद्धी जिवी, प्रध्यापक, नागरिक समाज तथा राजनीतिक दलहरु वीच वृहत अन्तरकृया गर्ने, भदौं १९ गते  वीरगन्जको घण्टाघर चोमका विहान ८ बजे देखी  बेलका  ६ बजे सम्मा मधेस आन्दोलन वारे फोटो प्रदर्शनीको आयोजन गर्ने , भदौं २० गते  वीरगन्जको श्रीपुरमा स्थित ओम इन्टरनेशनल एकेडमीमा विद्यार्थीहरु वीच निवन्द प्रतियोगिता गर्ने ,भदौं २१ गते वीरगन्जको घण्टाघर चोकमा मधेस आन्दोलनको क्रममा  शहाद प्राप्त गरेका  विर शहिदहरुको श्रधान्जली सभा आयोजना  गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल सदभावना पार्टीका महामन्त्री शिव प्रसाद पटेल, संघीय समाजवादी फोरम नेपालका प्रदेश  सचिव सदाउदिन अहम्मद, सदभावना पार्टी पर्साका जिल्ला सचिव राजेश साह, सदभावना पार्टीका धर्मेन्द्र पटेल, तमसपाका  श्रीराम गिरी, नेपाल  सदभावना  पार्टीका  पर्सा जिल्ला सचिव कृष्णा पटेल, सदभावना  पाटीका अनिरुद्ध प्रसाद कलवार, रामसपा उमेश सहनी, फोरम नेपालका नेता दीपक यादव, तमसपाका नेता राजेश यादव

Comments

comments