वीरगन्जमा ४० जना दरुवाहरु पक्राउ

11

वीरगन्ज १४ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले राती ४० जना मादक पदार्थ सेबन गरेका (दरुवा ) हरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडी जसो भारितिय नगरिक रहेको प्रहरीले जनाएको छ । रक्सौल संग जोडीएको नाका ईनरवा नाकामा मादक पदार्थ सेबन गरि भारत जाने क्रममा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई प्रहरीले ईनरवा प्रहरी चौकीको हिरासदमा २ घण्टा थुनेको थियो । थुना पछि १ हजार जरिबान गरि आफन्तको राती नै जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  भारतको बिहारमा मदिरा बिक्री बितर्ण तथा सेबनमा रोक लगाएको छ ।

Comments

comments