राष्ट्रिय कबडी संघमा गुप्ता

155

Share
  •  
  •  
  •  

वीरगंज १०
,भाद्र राष्ट्रिय कबडी संघ नेपालको केन्द्रीय कार्य समिति शुक्रवार गठन भएको छ । वीरगंज स्थित मध्यमाञ्चल खेलकुद बिकास समितिमा बसेको एक भेलाले अनेरास्ववियुका पूर्व नेता शिवजी गुप्ताको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा क्यामुदिन मन्सुर (बारा), महासचिव ओमप्रकास महतो (महोत्तरी), सचिव जयप्रकास गुप्ता (बारा), कोषाध्यक्ष शान्ति कार्की (मकवानपुर),सदस्यहरु सदाम हुसेन (सर्लाही) , मोहन चन्द्र चौलागाई (मकवानपुर), राजाबाबु रौनियार(पर्सा), आकास पटेल(पर्सा), कुस्वर यादव(बारा), फर्मुला मंसुर (बारा) र पवन गुप्ता(पर्सा) रहेका छन् ।
मध्यमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष मानदेव हजराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निर्देनात्मक मन्तब्य ब्यक्त गरेका थिए । उहाँले नवगठीत समितिलाई बधाई मात्र छैन कवडी खेलको बिकास र प्रर्वद्धन र संरक्षण्मा ध्यान दिन समेत नयाँ समितिलाई निर्देशन दिए । कार्यक्रममा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादव, नेकपा एमाले प्रचार बिभागका सदस्य अरविन्द सिंह ,राष्ट्रिय खेलकुद परिषद सदस्य एवं नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष महम्द समुल्ला, खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेल, खेलकुद समिती बाराका अध्यक्ष क्यूमुदिन मंसुर, अनेरास्ववियु सचिवालय सदस्य फरमुल्ला मंसुर,लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जवाहिर अन्सारीले गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here