पर्साको जगलमा गोली हाना हान

20




चिरन्जीवी यादव वीरगन्ज १३ भदौ मधुवान मथवाल सेक्टर बन कार्यालय बढनियारका जमदार प्रदीप तिमल्सिनाको नेतृत्वमा गएको बन गस्ती  टोलीले मध्य रातको दुई बजे तस्कर र बन गस्ती टोली बिच  पर्साको बगबाना गाविस ९ पसुपतिनगर जंगलमा गोली हानाहान भएको छ ।

पर्साको बगबाना गाविस ९ पसुपतिनगर जंगलमा काठ तस्कर तर्फबाट ३ राउन्ड र जवाफी फायरीङ्ग बन गस्ती टोली बाट ४ राउन्ड गोली हानेको जमदार तिमल्सिनाले बताए तस्कर समूह बन गस्ती भन्दा बढी संख्यामा रहेको र उनी हत्यारधारी भएकोले पक्राउ गर्न नस्किएको बन कर्मचारीहरु ले बताए ।

राष्ट्रिय बन जंगलबाट काठ तस्करहरुले अबैध सालको काचो गोलिया र  तस्करी मा प्रयोग  गरिने प्रविधि किसिमको बनाईएको  साईकल तीन थान ,  काचो साल को रुखका गोलिया तीन थान , रुख काटने आरा दुई थान बरामद गरि सेक्टर बन कार्यालय बढनियारमा राखिएको छ ।

Comments

comments