तमलोपा महामन्त्रीमा नेता सोनल मनोनित

17




वीरगन्ज १३ भाद्र । तराई–मधेश लोकतान्त्रिक पार्टीले केन्द्रिय कार्यसमितिलाई पुर्णता दिन चार जना पदाधिकारी थप गरहेको छ । प्रथम महाधिवेशनपछि पदाधिकारी चयनप्रति पार्टीभित्र असन्तुष्टि देखिदै आएकोमा तमलोपाले दोस्रो पटक पदाधिकारी चयन गरेको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले दोस्रो पटक चयन गरेको पदाधिकारीहरुमा महामन्त्रीमा जितेन्द्र सोनल, सहमहामन्त्री पशुपतिदयाल मिश्र, सहकोषाध्यक्ष कविन्द्रनाथ ठाकुर र सहप्रवक्तामा कृष्णा सिंहलाई मनोनित गरेका छन् ।

तमलोपाको विधान २०६४ को पहिलो संशोधनको दफा १४ (ग) को (१) अनुसार रिक्त पदमा पदाधिकारीहरु चयन गरिएको अध्यक्ष ठाकुरले जानकारी दिएका छन् । उनले पार्टीको समग्र हितमा समर्पित भई आ–आफ्नो जिम्मेवारीको पालना निमित्त पदाधिकारीहरुले सम्पूर्ण क्षमताका साथ कार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

Comments

comments