काठमाडौंमा पहाडियाहरु हेपिएका छन्

374

दोस्रो जनआन्दोलनपछि ०६४ सालमा वरिष्ठ पत्रकार÷विश्लेषक चन्द्रकिशोरले नयाँ पत्रिकामा ‘तराई चिनौँ’ स्तम्भ सुरु गरे । काठमाडौंबाट प्रकाशित मिडियामा उनको त्यो पहिलो नियमित स्तम्भलेखन थियो । उनी यतिवेला तराईको सामाजिक–आर्थिक यथार्थ र बदलाव, तराईले काठमाडौंसँग राख्न खोजेको सम्बन्ध र नेपाल–भारत सीमाञ्चलका सरोकार प्रस्तुत गर्दै आएका छन् । चन्द्रकिशोरले सधैँ पहाड–मधेस संवादमा जोड दिँदै आएका छन् । देशाटनको उल्लेख्य अनुभव भएका चन्द्रकिशोरले तराई मात्र होइन, पहाड र विकट भेगको दुःख–सुख र पहाड–मधेस सम्बन्धका विषयमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेसँग बेलिविस्तार लगाए : तराई मधेसलाई बुझ्न त्यहाँको जनसंख्या, भूगोल, जलाधार, मनोविज्ञान, प्राकृतिक स्रोतको विविधता बुझ्नुपर्छ । सीमापारि भारतका उत्तरप्रदेश र बिहारका कृषि, भूमि व्यवस्थापन, गरिबी निवारण, सामाजिक सम्बन्ध, बाँध बुुझ्नुपर्छ । अझ यथार्थचाहिँ के हो भने मधेसलाई बुझ्न पहाड बुझ्नैपर्छ । तर मधेसलाई मधेसभित्रकै एउटा तथ्यका आधारमा मात्रै बुझ्न खोजियो । यो गल्ती थियो । मधेसको पहिचान, पहुँच, प्रतिनिधित्वका मात्रै कुरा भएको छ । नेपाली सन्दर्भमा यो अपुरो र अधुरो छ । पहाड र मधेसले एक–अर्कालाई बुझ्नुपर्छ । मनाङ र मर्चबारको संवाद अपरिहार्य छ । दलीय रूपमा मधेस वा समथलको बीचमा मात्रै संवाद भयो । हिमाली क्षेत्रले महाभारतसम्म मात्रै संवाद ग¥यो । चुरिया र दशगजाको बीचमा पनि सार्थक संवाद भएन । एक–अर्को ठाउँमा जनजीविकामा आएका परिवर्तनका बारेमा संवाद भएन । राजनीतिक रूपमा भोलि प्रान्तहरू के कस्तो रहलान्, प्रान्तहरूमा प्रतिस्पर्धा होला, तर प्रतिशोध बर्जित हुनुपर्छ । समग्र भूगोलबीच फराकिलो संवादअभावमा अहिले प्रतिशोध देख्न थालिएको छ । पहाडका जनतालाई लागेको छ, सबै सुविधाजति मधेसमा छ । जीवन अनुकूल छ, कृषि, सिँचाइको बन्दोबस्त छ, विकास छ, अस्पताल छ ।’ मधेसका जनतालाई लाग्छ, हामीकहाँ पहाडी प्रशासक आउँछन्, हेप्छन् । पहाडबाट बसाइँसराइ भएको छ र उनीहरूले मधेसीको पहिचान मासेका छन् ।’ राजनीतिक पंक्तिमा त छँदै छ, क्षेत्र र समुदायकै बीचमा पनि अपुरो र अधुरो जानकारी छ । यसको कारण संवादको अभाव हो । राष्ट्रव्यापी सञ्जाल रहेका राजनीतिक दल र मिडियाले पहाड र मधेसको बीचमा संवाद गराउनुपर्ने थियो, तर हुन सकेको छैन । अधुरो जानकारी रहेसम्म आग्रही धारणा रहिरहन्छ । प्रतिशोधका नाममा पहाड र मधेसमा पनि राजनीति भइरहन्छ । यसलाई निफन्न जरुरी छ। मैले देखेको पहाडका दुःख पहाड सौन्दर्यका हिसाबले रमणीय मात्र छैन, त्यो आफैँमा संघर्षको कथा पनि हो । पहाडमा उद्यमशीलता, संघर्षका गर्विला कथा छन् । पहाड जाँदा म प्रेरित हुन्छु । बिहानै उठेर पहाडका महिला डोको बोकेर पानी लिन डाँडापाखा, कान्ला उक्लेर पँधेरामा जानुहुन्छ । विकटताको बीचमा पनि पहाड गुल्जार छ । सामाजिक बदलावका लागि पहाडका मानिस मूल ठाउँ छाडेर बाहिर जानुभएको छ । यसले पहाडको सामाजिकीकरण भएको छ, महिलामा आत्मविश्वास बढेको छ । बाहिरको दुनियाँसँग अन्तक्र्रिया भएको छ । तराईमा यस्तो अन्तक्र्रियाको क्रम ढिलो सुरु भयो । ९० को दशकबाट मात्रै मानिसहरू थातथलो छाडेर बाहिर जान थालेका हुन् । तराईमा थातथलोको मोह बढी छ, पहाडमा छैन । अरू समुदायसँग अन्तक्र्रिया पहिला भएको हुँदा पहाडी समुदायको समग्रतामा बदलाव आएको छ । तराईको समुदाय यस मामिलामा अलिक पछि छ । मधेसबाट हेर्दा पहाड राज्यको जस्तो लाग्छ, मधेस उपेक्षित भन्ने लाग्छ । तर, हिमाल र पहाड गएर हेर्दा दृष्य यस्तो देखि“दैन । हुम्ला–जुम्लामा जाबो झाडापखालाका कारण सयौँ मानिसको मृत्यु हुन्छ र यसले काठमाडौंलाई चिमोट्दैन । सामान्य ज्वरो आउँदा पहाडमा सिटामोल खाने अवस्था छैन । खसहरूको राज्य जुम्लाको अभाव र पीडालाई नजरअन्दाज गर्न मिल्दैन । यो यथार्थ मधेसले बुझ्नैपर्छ । काठमाडौं र पहाडको दूरी काठमाडौं खाल्डो आप्रवासीको सहर हो । गोरखा राज्य यता सरेपछि नेपाल राज्यको संकेतका रूपमा रह्यो । आप्रवासीहरूले आफूलाई राज्यको अंगका रूपमा स्थापित गरे । राज्य स्वयं गोरखाबाट आएकाले त्यसको वरिपरि रहनेहरू राज्यका अंग भए । काठमाडौंकै रैथाने राज्यबाट वञ्चित छन् । यो काठमाडौं खाल्डोभित्रको पीडा हो । मनोविज्ञान र दूरीका हिसाबले पहाड काठमाडौंबाट टाढा छ । पहाडबाट फाटेको दौरा र टोपी लगाएर आएकाहरूले राज्यमा अपनत्व गर्दैनन्, न त राज्यले नै गर्छ । मधेसको भाषामा भन्दा यो पहाडी राज्य हो । तर, जुम्रा केलाउँदै पहाडबाट आएको मानिसले राज्यबाट हेपाहा व्यवहार पाइरहको छ, जुन व्यवहार मधेसीले पाएको हुन्छ । कार्पेट बेच्न काठमाडौं झरेको जुम्लाको मानिसमाथि राज्यको राम्रो व्यवहार हुँदैन । पहाडियाहरू काठमाडौंमा हेपिएका छन् । राज्यको रूप रंगमा रंगिने पहाडियाहरू बिरलै छन् । तपाईं एक दिन पहाडी जिल्लाको प्रशासन कार्यालयमा गएर हेर्नुस्, उनीहरू लाइनमा कसरी कुरिरहेका छन् । उनीहरूलाई पहाडी कर्मचारीले नै कस्तो व्यवहार गरिराखेको हुन्छ । राज्यको ९९ प्रतिशत पहाडी अनुहार छ, तर सबै पहाडियाहरू शासक होइनन्÷छैनन् । मधेसले यो बुझ्न जरुरी छ । कति टाढा छ मधेस र काठमाडौं मधेसका बासिन्दाले राज्यसँगको सम्बन्ध खोजी गर्दा सूचकका रूपमा काठमाडौं भन्छन् र काठमाडौंको कुरा गर्छन् । मधेसले राज्यको बनोटमा मधेसले पहाडिया देख्छ र पहाडी राज्य भन्छ । त्यो भनिरहँदा गैरमधेसी पहिचान (पहाडी)हरूले आफूसँगको सम्बन्धको कुरा गरिएको भन्ठान्छन् । मधेस र राज्यको सम्बन्धलाई परिभाषित गर्न खोज्दा नेपालका अरू समुदायसँगको सम्बन्ध पनि परिभाषित हुनु आवश्यक छ । नेपालको राजकीय बनोटका आधारमा पहाडी र मधेसी समुदायको सम्बन्ध पनि परिभाषित भएको छ । मधेसमा आन्दोलन हुँदा त्यसको विपक्षमा उत्तेजित हुने अवस्था पहाडमा ल्याइयो । मधेसमा पनि राजनीति गर्नेहरूद्वारा पहाडका बासिन्दाका बारेमा संकीर्ण आवेग उत्पन्न गराइयो । एक हिसाबले पहाड र मधेसका बासिन्दाका बीचमा मानसिक धु्रवीकरण उत्पन्न गराइयो । जबकि यी दुवै समुदाय नेपालमा एक–अर्काका पूरक हुन् । मधेसभित्र नेपाली मातृभाषीहरूको बसोवासको आफ्नो इतिहास छ । उनीहरूको सम्मान र सुरक्षाको प्रत्याभूति हुनै पर्छ । मधेसमा प्रान्तीयताको कुरा गरिरहँदा जनसंख्याको एउटा हिस्सा ओगटेको पहाडी समुदायको हित सोच्नै पर्छ । नभए मधेस अगाडि जानै सक्दैन । विगतमा आन्दोलन हुँदा विभिन्न मञ्चबाट पहाडीलाई विस्थापित गर्ने प्रयत्न भयो । मधेसका मध्यमार्गीहरूले यसलाई रोक्नुपथ्र्यो । मधेसमा बस्ने पहाडका बासिन्दा मधेसको असल मनसायलाई पहाड र काठमाडौंमा फैलाउने सांस्कृतिक दूत हुन सक्थे, तर यो अवस्था भएन । पहाडमा मधेस, मधेसमा पहाड राजनीतिक कारणले अहिले पहाड र मधेसबीच दूरी देखिन्छ । नेपाल राज्यको निर्माण वा बनोटभन्दा पहिलेदेखि नै पहाड र मधेसको सम्बन्ध निरन्तर छ । गोपिचन्द्र लोकनाटक मैथिली, भोजपुरी, अवधि भाषामा छ । म पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गर्ने डा. कुश्माकर न्यौपानेसँग बाग्लुङ सदरमुकामबाट एक दिन हिँडेर पुगिने मगरगाउँमा पुग्दा यो नाटक हेर्ने मौका पाएँ । मगरको त्यो बस्तीमा हरेक वर्ष कात्तिकमा एक महिनासम्म यो नाटक देखाइँदो रहेछ, त्यो पनि मधेसकै भाकामा । तराईको सांस्कृतिक धरोहर गोपिचन्द्र नाटक जनताले पु-याएका हुन् । द्वितीय विश्वयुद्धका वेला भारतको पूर्वी चम्पारण हुँदै बेतिया, नरकटियागन्ज, ठोरी हुँदै बन्दीपुर र उच्च हिमाली भेगसम्म यातायात बाटो थियो । सिन्धुली, बनेपा हुँदै काठमाडौं पुग्ने बाटो जनताले उहिल्यै बनाएका थिए । उपल्लो हिमालमा बाक्लै मधेसी अनुहार भेटिन्छन् । सरकारी नोकरीमा छन् । उद्यमशीलताको विकास गर्दै पुगेका छन् । म रसुवा जाँदा महोत्तरीका एकजना ठाकुरजी भेटेँ । उहाँ त्यहाँ कपाल काट्ने काम गर्नुहुन्थ्यो । उहाँको भनाइ थियो, मैले महोत्तरीमा सम्मान पाइरहेको छैन, रसुवामा पाएको छु । मैले त बसाइ सराइ नै गरेको छु ।’  पहाडमा घर निर्माणका काममा मधेसी छन् । तर, राजनीतिले यथोचित गणना गरेन । पहाडको शैक्षिकस्तर माथि उठाउन मधेसीहरूले ठूलो योगदान पु-याएका छन् ।  पहाडमा तीसौँ वर्षदेखि शिक्षकका रूपमा बसिरहेकाहरू, राजनीतिक संगठनमा जोडिएका मधेसीलाई अवसर दिइएको भए अर्कै मनोविज्ञान हुन्थ्यो होला । मधेसीहरू भन्छन्, कि सघन मधेसी क्षेत्रबाट हामीले पहाडीलाई जसरी जितायौँ, सघन पहाडी क्षेत्रबाट चुनाब जित्ने अवसर मधेसीलाई भएन । राजनीतिक दलहरूले यो दूरदृष्टि पु-याइदिएको भए आज राजनीतिक वञ्चितिको सवाल उठ्ने थिएन । मधेसीलाई पहाडमा जसरी भैया भनेर हेपिन्छ, गरिबीबाट पिल्सिएका पहाडीहरू काठमाडौंमा मात्र होइन, मधेसमा पनि हेपिएका छन् । ओई पहाडिया ! ओईओई !! भनेर जिस्क्याइन्छ पहाडीलाई । मधेस राजनीतिक रूपमा वञ्चितिको अवस्थामा भएकाले मधेसको हेपाइ राज्यसँग जोडिन गयो र मधेसको सवाल मुखरित भयो । पहाडीहरूले पनि मधेसमा गाह्रोरूसाँघुरो भोगिरहेका छन् । तर, त्यो राजनीतिक सवाल बनिदिएन । नेपालको साँध सुरक्षित छ । नेपालभित्र पद्दति विकास गर्न अब सामाजिक सम्बन्धका आधार परिभाषित हुनुपर्छ । पहाड– मधेससम्बन्धका बारेमा खुला विमर्श हुनुपर्छ । सम्बन्धका आयामबारे छलफल हुनुपर्छ । मधेसमा उद्योग भयो भने कच्चापदार्थको उत्पादन पहाडमा हुन सक्छ । पहाडमा फ्याक्ट्री खुल्यो भने जनशक्ति मधेसबाट जान सक्छन् । अहिले समुदायको तहमा एक–अर्कालाई घृणा गर्ने मनोविज्ञानका आधारमा राजनीति भइरहेको छ । यही औजारका आधारमा भोलिको राजनीति सुरक्षित पार्न सकिन्छ भन्ने राजनीतिक दलहरूलाई लागेको हुन सक्छ । यसबाट कसैलाई एउटा चुनावमा लाभ हुन सक्छ, तर नेपाली समाजचाहिँ पक्षघातको सिकार हुन्छ । त्यसकारण पनि पहाड र मधेसबीच संवाद हुनै पर्छ र मिडियाले यसलाई निफन्नै पर्छ । मधेसी नेपालीहरू नवनेपालको निर्माणमा सेवा गर्न चाहन्छन् भन्ने कुरा पहाडमा बुझाउनु आवश्यक छ । जसरी मधेसमा लेखनाथ पौड्याल, भानुभक्त आचार्य, मोतीराम भट्टको सालिक छ, पहाडमा पनि विद्यापति, कविर अनि आधुनिक मैथिली भोजपुरी साहित्यकारको सालिक राखौँ । यसबाट पहाड र मधेस जोड्ने काम हुन्छ । तर, अहिलेको संकटले देखाएको के हो भने हामी सबै चुकेका छौँ। मधेस–पहाड बुझौँ मनाङ र मर्चवार एकले अर्कालाई बुझ्नुपर्छ । ओखलढुंगा र जलेश्वरले एक–अर्कालाई बुझ्नुपर्छ । पहाड र मधेसमा भएका सामाजिक विकास र एक–अर्काको सिकाइमा जोड दिनुपर्छ । नागरिक समाजको बीचमा संवाद हुनुपर्छ । पहाड र मधेसमा रहेका शिक्षकहरूको बीचमा अन्तत्र्रिmया आवश्यक छ । मधेसमिडिया मिसन चल्छ, तर किन पहाड–मधेसमिडिया मिसन चल्दैन ? नागरिक समाजले बृहत्तर रूपमा संवाद गराउनु आवश्यक छ । हामी पहिचानको खोजी गरिरहहेका वेला विभिन्न पहिचानबीच अन्तरक्रिया हुनुपर्छ । पहिला हुन्थ्यो, अहिले संवादमा कम भएको छ । पाठ्यपुस्तकमा मधेस र पहाडका बारेमा यथार्थ विवरण उल्लेख छैन । जस्तो, थारू सोझो जात हो भनेर पढाउने गरिएको छ, यतिले मात्र पुग्दैन । समस्या पहाडका जनताको होइन । उसको टोपीलाई राज्यले मान्यता दिनु आममानिसको गल्ती होइन । तर, अब सबैको सांस्कृतिक पहिचान स्वीकार हुनुपर्छ, यो परिस्थिति बन्दै पनि छ । पहाड, मधेस समुदाय मात्र होइन, नेपालको यथार्थ हो । हरेक परिवर्तनमा पहाड र मधेसबीच हातेमालो छ । खस आर्य, जनजाति र मधेसीको सहयात्राले मात्रै समृद्धिको यात्रा सुरु हुन्छ । एकले अर्कालाई सम्मान गरिरहनुपर्छ । तर, मन माझेर हामीले घरभित्रै संवाद थाल्नुपर्ने भएको छ ।

श्रोत http://www.enayapatrika.com/2016/09/86096