८ लाख मुल्यको अबैद्य साबुजदाना ब्यपारीलाई नै फिर्ता

25

वीरगन्ज २० भदौ अनुगमनको क्रममा बीरगन्जको माइस्थानबाट बरामद गरिएको ८ लाख मुल्य बराबरको सबुजदाना बिचौलियाको सक्रियतामा पुन ब्यापारीलाइ फिर्ता गरिएको छ । ‘संयुक्त बजार अनुगमन समिति पर्सा’ले गत ८ गते वीरगन्ज माइस्थानस्थित पिकेबि स्टोर्सबाट फेला पारेको म्याद बिनाको १४ क्विन्टल साबुजदाना फेरी ब्यपारीलाई नै फिर्ता गरेको हो । अनुगमनको क्रममा २८ बोरा साबुजदाना सो फर्मको गोदामबाट समितिले  उत्पादन मिति उल्लेख नभएको अवस्थामा फेला पारेको थियो । देखदा धेरै पुरानो भएको सबुजदाना स्वास्थ्यलाइ हानिकारक हुने भएको कारण बिक्रि बितरणमा रोक लगाइ पछि ‘उत्पादन मिति नलेखिएको अवस्थामा बोरामा भर्ती साबुजदाना फेला पारेका थियौं, तत्काल बिक्री बितरण नगर्न निर्देशन दिएर साहुलाई कार्यालयमा उपस्थित हुन बोलाएका थियौं,’ अनुगमन टोलीको अगुवाई गरेका बाणिज्य कार्यालयका अधिकृत सुनिल केसरीले भने, ‘त्यसुको कागजपत्र हरियो, खाद्य क्वारेन्टाइनले गुणस्तर जाँच गरेर दिएको इजाजतको आधारमा भन्सार महसुल तिरेर आयात भएको देखियो, कागजात मिलेको छ । साुबजदाना छोडेको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी ज्युलाई गराई सकेका छौं ।’

टोलीलाई निर्देशित गर्ने सहायक प्रमुख जिल्ला अधिकारीबाट कारवाहीको निर्देशन नआएकोले र कागजात समेत ठिक देखिएकोले साबुजदानान छोडिएको केसरीले बताए । भारतबाट आयातित चामल लगायत अनेक खाद्यान्न बिना उत्पादन मिति उल्लेखित अवस्थामैं बजारमा ब्यापक मात्रामा रहेको उनको भनाई छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अनुगमनको नेतृत्व गर्ने निकायले ले नै कागजात ठिक छ भनेर सफाई दिसकेको कुरामा हामीले हस्तक्षेप नगरेको बताए । ‘बाणिज्य कार्यालय्ले बजार अनुगमनको नेतृत्व गर्ने हो, उत्पादन मिति बिनाको साबुजदाना फेला परेको बताएको सो कायर्उालयउले नै पछि सबै ठिकठाक छ भने प्रतिवेदन पठाएपछि के गर्ने रु’ भण्डारीले भने । करिब ८ लाख रुपैया बराबरको म्याद बिनाको साबुजदाना नष्ट नगर्न अनुगमन समितिलाई रोक्न ब्यपारीले बिचौलियामार्फत पैसा खर्च गरेको स्रोतले बताएको छ ।