संबिधान ‘संसोधन’ प्रस्ताव नल्याए मोर्चाले आन्दोलन गर्ने

17




वीरगन्ज, १८ भ्दौ बर्तमान सरकार बनाउन महत्वपुर्ण भुमिका खेलेका मधेसी दलका नेताहरुले मधेसको मागं पुरा नभए छिटैे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनको मांग सम्बोधन गराउन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेकोे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले संसोधन विधेयक ल्याउनमा सरकारले गरेको ढिलाईप्रति असन्तोष जनाएका हुन् ।

‘संसोधन प्रस्ताव सरकारले छिटो नल्याए आन्दोलनमा उत्रिने उनीहरुले जनजाएका छन् । मोर्चाले शनिवार वीरगन्जको होटेल कुमु प्यालेसमा आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशवादी दलका नेता कार्यकर्ताहरुले संबिधान भित्र मधेश आन्दोलनको मुद्दा समेटेर बिधेक दर्ता गर्ने सरकारमा रहेका दलहरुले सहमती गरेपनि अहिलेसम्मको मुमिका त्यसतो नदेखिएको धारणा व्यक्त गरेका छन् ।

‘सरकारमा  रहेका दलहरुले गरेको प्रतिबद्धता अनुसार संसोधन प्रस्ताव नल्याए, हामी बिरोध स्वरुप आन्दोलनमा जानुपर्ने हुन्छ,’ कार्यक्रमको अध्यक्षता गरेका संघीय समाजवादी फोरम, नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘संसोधन प्रस्ताव आएपछि मात्र त्यसमा सबै राजनीतिक दलहरुले जिम्मेवार भएर निकास दिनु पर्ने हुन्छ ।’ मधेश आन्दोलनको पर्सा, वीरगन्ज स्थित जनपरिचालन समिसितका  संयोजक समेत रहेका उनले संबिधान संसोधनको प्रस्तावमा साँथ नदिने दल बिरुद्ध जनता उत्रिने भनेर जनाए । ‘यो आजको राष्ट्रिय आवश्यक्ता हो, संबिधनलाई मधेशी, जनजाती, उत्पीडित बर्ग र सबै नेपालीको साझा बनाउन पनि  जरुरी छ,’ नेता यादवले थपे ।

कार्यक्रममा मुख्य वक्ता रहेका अधिवक्ता दिपेन्द्र झाले मधेशमा प्रान्तीय राजधानी र उच्च अदालत काँहा राख्ने जस्ता बिषयहरु नेकपा एमालेले उचालेर संघीयता बिरुद्ध षडयन्त्र गर्न थालेको  आरोप लगाए । प्रदेशको संरचना बनेपछि मधेशका जनताले राजधानी आफै टुँगो लगाउने ,उनले जनाए । उनले गाउँपालिका, नगरपालिकाजस्ता स्थानीय निकायमा पहाडमा १५ हजार संख्यामा र मधेशमा ५० हजार संख्यामा बनाउनु अन्यायपुर्ण रहेको झाले बताए । यसरी विकासको बजेट पहाडमा १५ हजार जनता माथी जति ,त्यति रकम मधेशमा पचास हजार संख्यामाथी आउने उनले बताए । संसदको क्षेत्र निर्धारणमा बिभेद गर्न लागिएको समेत अधिवक्ता झले थप्पे ।

कार्यक्रममा फोरम नेपाल की नेतृ पुर्व राज्व्यमन्त्री करिमा बेगम, केन्द्रिय सदस्य बिरेन्द्र यादव, रामकिशोर यादव तथा बालकिशोर यादव, प्रदेश सचिव सलाउदीन अहमद्, सद्भावना पार्टी केन्द्रिय सदस्य रेखा घिमिरे, जिल्ला सचिव राजेश साह, नेता इश्वरचन्द्र यादव, धर्मेन्द्र पटेल, नेतृ रेखा साह, नपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य अनिरुद सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका उमेश सहनी लगायत पर्सास्थित मधेशवादी दलका नेता कार्यकर्ताहरु र प्रध्यापक शुरेश कुशवाहा, विजय यादव को उपस्थिती थियो ।

Comments

comments