ज्ञानवाटिका उच्च मा. वि. द्वारा चौधरीलाई ह्वीलचेयर प्रदान

18




वीरगञ्जको – श्रीपुर स्थित ज्ञानवाटिका उच्च माध्यमिक विद्यालयले आज एकजना विकलांगलाइ ह्वीलचेयर प्रदान गरेको छ ।

बिद्यालयका संस्थापक हरिहर यादवले समाजसेवी प्रकाश थारु र पत्रकार राजेन्द्र सिंह नेपालीमार्फत रौतहट, चद्रनिगाहापुरका रामआशिष चौधरीलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो ।

खुट्टाको घाउ उपचारका कमीका कारण चौधरीले केहि हफ्ता पहिला एउटा खुट्टा गुमाएका थिए र आर्थिक अवस्था कम्जोर भएकोले थप उपचारमा कठिनाइ भएको बताएका थिए ।

बिद्यालय भवनमा भएको सो हस्तान्तरण कार्यक्रममा बिद्यालय पुर्व प्रधानाध्यापक अजय यादव र अरु शिक्षकलगायतको उपस्थिती रहेको बिद्यालयका संयोजक आशु सर्राफले बताए ।

कार्यक्रम पछि कुरा गर्दै संस्थापक हरिहर यादवले एउटा राम्रो समाजको निर्माण सबैको सहयोगले हुने बताए र समाजको भलोको लागि आफु सधै तैयार रहेको पनि बताए साथै अरुलाइ पनि थारुलाइ सहयोग गर्न आग्रह गरे ।

Comments

comments