अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन यसरी आउनेछ नेपालमा पेट्रोल

21




वीरगन्ज १ भदौ भारत र नेपालबिच अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौता भएको झण्डै वर्ष दिनपछि काम सुरु भएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पाइपलाइन निर्माणको विस्तृत सर्भे गर्न थालेको हो । २०७२ भदौ ७ मा नेपाल र भारत सरकार तथा भदौ ८ गते नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबिच अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार पाइपलाइन निर्माणका लागि लाग्ने २ अर्ब ७५ करोड भारु मध्ये २ अर्ब इण्डियन आयल कर्पोरेशनले र ७५ करोड नेपाल आयल निगमले व्यहोर्नुपर्नेछ । पहिलो चरणमा रक्सौलदेखि अमलेखगञ्जसम्मको ४१ किलोमिटर पाइपलाइन निर्माण हुने र त्यसपछि रक्सौलको डिपो विस्थापित गरेर मोतियारीबाट रक्सौल हुँदै पाइपलाइन निर्माण हुने आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तमप्रसाद नागिलाले बताउनुभयो । ‘०७३ जेठको अन्त्यतिर इण्डियन आयल कर्पोरेशनको प्राविधिक टोलीले वाल्क ओभर (कुन ठाउँबाट पाइपलाइन जाने ? त्यसको बाटो कस्तो हुने भनेर नाङ्गो आँखाले हेर्ने) सर्भे भइसकेको छ । त्यो सर्भे सम्पन्न भएपछि अहिले आइओसीले टेण्डर गरेर लिएको प्राविधिक टोलीले रक्सौल र अम्लेखगञ्जको बिचमा सर्भेकोे काम गरिरहेको छ’ महाशाखा प्रमुख नागिलाले बताउनुभयो ।

Comments

comments